Thursday, December 3, 2020
Home > जीवनशैली > भगवान जस्तै श्रीमानलाई सबैले अर्कि बिहे गर अनिता म’र्छे भन्थे, सम्झेर रोइन अनिता (भिडियो हेर्नुहोस)

भगवान जस्तै श्रीमानलाई सबैले अर्कि बिहे गर अनिता म’र्छे भन्थे, सम्झेर रोइन अनिता (भिडियो हेर्नुहोस)

एजेन्सी । हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् ।

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’ २०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो ।

विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।

देवीको रुपमा घरमा भित्रिएकी थिइन् । मेरो बुबाआमाले पनि औधी माया गर्नुहुन्छ । अनिताको व्यवहार पनि निकै मायालु छ” विनोद भन्छन्, “श्रीमान्ले आफ्नी श्रीमतीलाई इज्जत र माया दुवै दिनुपर्छ । श्रीमान्ले माया गरे सबैले माया गर्छन् ।” अनिताको प्रवेशले घर परिवारमा माया, ममता,

बुबाआमा गाउँमा, छोरी फुपूहरूसंग । आफू अनिताको स्यारसुसारमा । अनिताका बुबाआमा पनि ज्वाइँसंग निकै खुशी छन् । छोरीले भगवानजस्तो जस्तो श्रीमान् पाएको भन्दै छोरीको लागि आफूहरूलाई कुनै चिन्ता छैन भन्छन् । विनोदको मायाले नै छोरीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै उनीहरू भन्छन्।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!