Wednesday, December 2, 2020
Home > अपराध > पुर्वपतिले लिए सोमा लामाकाे ज्यान

पुर्वपतिले लिए सोमा लामाकाे ज्यान

सोलेखुम्बु- सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खु’कुरी प्र’हारबाट एक महिलाको ज्यान गएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खु’कुरी प्र’हारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर सँगै बस्दै आएकी थिइन् ।

स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खु’कुरी प्र’हार गरी टाउको तथा शरीरको अन्य विभिन्न भागमा हा’न्दा सोमाको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए ।

घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली गई ह’त्या आरोपमा होमबहादुर राईलाई प’क्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार महिलाको श’व परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ ।

मुकुन्द नरवणेका लागि खुलेन पशुपतिकाे ढोका

काठमाडौ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे यतिबेला तीन दिने नेपाल भ्रमणमा छन् । बुधवार पत्नीका साथ ४ सदस्यीय टोली लिएर आएका भारतीय सेनाध्यक्ष नरवणेले पहिलो दिन धार्मिक कार्यक्रममा बिताएका छन्। विमानस्थलवाट सोल्टी होटल पुगेका उनी बुधवार नै पशुपतिनाथ दर्शनका लागि पुगेका थिए । तर कोरोनाको जोखिमका कारण अहिले नेपालमा धार्मीक स्थल बन्द छन् ।

बन्द भएको पशुपतिनाथ मन्दीर पुगेका नरवणे र उनकी पत्नीले वाहिरवाटै पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । होटल सोल्टीमा केही समय बिश्राम गरेपछि उनी वशन्तपुर क्षेत्रको भ्रमणका लागि पनि निस्किएका थिए । त्यहाँ कुमारी मन्दिरको दर्शन पछि पशुपति गएका उनले बाहिवाटै दर्शन गरेका हुन् । पशुपति मन्दिमा प्रवेश नपाएका उनले पशुपतिमा साँझको आरति भने अवलोकन गरेका थिए।

कोरोना जोखिमका कारण बन्द गरिएका धार्मीक स्थलहरु नरवणेका लागि पनि खुला गरिएन । उनले वागमति पारीबाटै पशुपतिको दर्शन गरेर होटल फर्किएका हुन् । नरवणे ढाका टोपी र ढाकाकै खादा लगाएर धार्मिकस्थलको भ्रमणमा निस्किएका थिए। नेपाली सेनाको महारथीको सम्मान ग्रहण गर्न औपचारिक भ्रमणमा आएका नरवाणेको आजबाट औपचारिक भेटघाट समेत सुरु भएको छ ।

बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जंगी अड्डाको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ। तस्बिर नेपाल खबर

Leave a Reply

error: Please Dont Copy My Content!! !!