Monday, November 30, 2020
Home > जीवनशैली > के साँच्चै बिहे गर्दैछिन त नायिका स्वेता खड्का? हेर्नुस् वास्तविकता!

के साँच्चै बिहे गर्दैछिन त नायिका स्वेता खड्का? हेर्नुस् वास्तविकता!

अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगत निकै तातेको छ ।केही दिनयता स्वेताको बिहेबारे खबर गसिपका रूपमा चर्चामा आएको हो । अहिले यो विषयले थप प्राथमिकता पाउँदै गएको छ । यस विषयले चलचित्र उद्योग तरंगित बनेको छ ।दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे खबर एकाएक भाइरल हुन पुगेको हो ।

दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ? **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

लोकान्तरलाई प्राप्त उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिना विजयेन्द्रकी आमा हुन् ।उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामाजिक सञ्जालमा शेयर गरिन् ? यसले पनि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गर्छ ।विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । बुझिएअनुसार विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् ।

के भन्छिन् स्वेता ?

अभिनेत्री स्वेताले भने अहिले फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी छन् ।हल्ला अनुसार स्वेताको बिहे यही मंसिर ५ मा हुने भनिएको छ । तर, स्वेताले आफू बिजनेश, माझी बस्ती र केही चलचित्रको काममा व्यस्त रहेकाले अहिले बिहे गर्ने मूडमा नरहेको बताइन् ।

उनले आफू अहिलेसम्म प्रेममा नरहेको र मनले खाएको प्रेमी समेत नपाएको बताएकी छिन् ।केही समयअघि श्रीकृष्ण श्रेष्ठकी आमा अर्थात स्वेताकी सासूआमा र परिवारका अन्य सदस्यले बिहे गर्ने स्वीकृति दिएको भिडियो सार्वजनिक भएको थियो ।हल्लाबारे जिज्ञासा राख्दा स्वेताले भनिन्, ‘बिहे भयो भने शुरूमा तपाईंलाई भनौंला । अहिले म सिंगल छु ।’

अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते स्वेताको विवाह भएको थियो । बिहेको एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो ।

त्यतिबेला उनीहरू अभिनित चलचित्र ‘कोहिनुर’ हलमा प्रदर्शन भइरहेको थियो । उक्त चलचित्र त्यो बेला नेपाली चलचित्रका सम्पूर्ण चलचित्रको इतिहास तोड्दै सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!