Monday, November 30, 2020
Home > प्रवास > साउदीमा काम गर्ने नेपालीहरूकाे लागि आउँदै यस्तो खुशीकाे खबर

साउदीमा काम गर्ने नेपालीहरूकाे लागि आउँदै यस्तो खुशीकाे खबर

दोहा- साउदी अरबले विदेशी श्रमिकलाई लाग्दै आएको बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्चदेखि लागु हुनेगरी त्यहाँ रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले बुधवार यसका बारेमा जानकारी दिएको हो । साउदीमा श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण लाखौं नेपालीसहित विदेशी श्रमिक बाध्यकारी श्रम गर्नसमेत बाध्य हुँदै आएका छन् । नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्था लागु भएपछि रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न र पुनः फर्किन सक्ने तथा पुनः साउदीले नफर्किने गरी स्वदेश फर्किनसमेत सक्नेछन् ।साउदीमा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्यांक छ । साउदीले अगाडि सारेको लेवर रिलेशन ईनिसिएटीभ नामको यो कार्यक्रमले विदेशी श्रमिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसअघि साउदीले सन् २०२० भित्रै स्पोन्सरशीप प्रणाली (कफाला) अन्त्य गर्ने घोषणा गरे पनि कोरोना भाइरस (कोभिड-१९) को कारण ढिलो भएको बताउँदै आएको थियो । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले बुधवार यसका बारेमा जानकारी दिएको हो । साउदीमा श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न र पुनः फर्किन सक्ने तथा पुनः साउदीले नफर्किने गरी स्वदेश फर्किनसमेत सक्नेछन् ।साउदीमा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्यांक छ । नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!