Tuesday, December 1, 2020
Home > अपराध > आफ्नै भाईलाई डिएसपी हुँ भन्दै फोनमा थ’र्का’एपछि

आफ्नै भाईलाई डिएसपी हुँ भन्दै फोनमा थ’र्का’एपछि

काठमाडौ । सर्लाहीको रामनगर गाउँपालिका ६ का चन्दु झा केही वर्ष यता काठमाडौमा बस्दै आएका छन् । एक दिन उनको मोवाइलमा फोन आयो । फोनमा ‘म महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी बोलेको तपाईको बब्लु झासँग के ल’फ’डा हो, तपाई तुरुन्त कालीमाटी वृत्तमा आउनुहोस् नआए कारबाही अगाडि बढाउँछु’ भन्दै फोन आयो । उनी आ’त्ति’दै प्रहरी कार्यालय गए ।

तर प्रहरी कार्यालयमा पुगेपछि भने उनी चकित् परे । उनलाई फोन गरेर बोलाउने डिएसपी थिएनन् । पारिवारिक विवादका कारण उनलाई नेपाल प्रहरीको डीएसपी हुँ भन्दै भाइलाई थ’र्का’उने व्यक्ति उनकै दाई बब्लु झा थिए । बब्लुले डिएसपी बनेर कात्तिक १३ गते दिउँसो फोन गरेर चन्दु झालाई कालीमाटी वृत्तमा बोलाएका थिए।

नयाँ नम्बरबाट आएको फोनमा आफ्नै दाई हुन् भन्ने चन्दुले चिनेनन् । चन्दु र बब्लुको घरायसी व्यवहारमा विवाद थियो । त्यसैले भाइलाई डर देखाउन उनले डिएसपी बनेर आफै थ’र्का’एको पत्ता लागेको छ ।

आफुलाई वास्तविक डिएसपीले फोन नगरेको पत्ता लागेपछि उनले वृत्तमा पुगेर १४ गते निवेदन दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा उनकै दाईले यस्तो गरेको थाहा पाएपछि अहिले बब्लु पक्राउ परेका छन् ।

अभिनेत्री श्वेतालाई आफ्नै छोरा बेप’त्ता बनाएको आरोप

अभिनेत्री श्वेता तिवारी र अभिनव कोहलीको वैवाहिक जीवनमा समस्या उत्पन्न भएको छ । मिडियालाई यो कुरा थाहा भएको भएपनि उनीहरु आफै भने खुलेर केही बोलेका थिएनन् । सन् २०१९ मा, श्वेताले पुलिसमा अभिनवको बिरूद्ध घरे’लु हिं सा को उ’जु’री दर्ता ग’रेकी थिइन् ।

यद्यपि उनीहरुले यसबारे खुलेर बाहिर भने बोलेको छैनन्। अर्कोतर्फ अभिनव कोहलीले श्वेतालाई सोशल मीडियाको माध्यमवाट धेरै आरोप लगाएका छन् ।

अभिनव कोहलीले श्वेता तिवारीलाई उनको छोरा रेयान्सलाई बेप’त्ता बनाएको आरोप लगाएका छन। हालसालै, श्वेता तिवारी कोरोना संक्रमित भएकी थिइन् । जसले गर्दा उनले आफ्ना छोरालाई पति अभिनव कोहलीको साथ छोडिदिइन् ।

अब अभिनव भन्छन् कि उनले ४० दिनसम्म आफ्नो छोराको हेरचाह गरे। अभिनव भन्छन् कि पलक तिवारी र श्वेताकी आमाले रेयन्शको हेरचाह गर्न मानेनन् त्यसैले अभिनव र उनकी आमाले छोराको हेरचाह गरे।

अभिनवले श्वेतालाई छोरा वेप’त्ता बनाएको आरोप लगाएका छन् । एक न्यूज च्यानललाई अन्तर्वार्ता दिँदै अभिनवले भने, आइतवार (अक्टुबर २५ देखि मेरो छोरो रेयानशलाई मैले देख्न पाएको छैन ।

मलाई थाहा छैन उ कहाँ छ उनी ४० दिनसम्म मसँग थिए तर पछिल्लो आइतवारदेखि श्वेताले मेरो छोरालाई कुनै अज्ञात ठाउँमा लगेकी छन् र उनले मलाई यस बारे केही भनेकी छैनन्।

आइतवार देखि, म श्वेता संग कुरा गर्न कोशिस गर्दै छु तर उनले मेरो कल र सन्देशहरूको जवाफ दिएकी छैनन्। अभिनवका अनुसार उनी श्वेताको घर पनि गए तर त्यहाँ श्वेता फेला परिनन् । अभिनवले यो पनि भने कि श्वेताले उनलाई छोरासंग भेट गर्न दिएकी छैनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!