एजेन्सी । यौन शक्ति बढाउन सुई प्रयोग गर्दाएक युवतीको ज्यान गएको छ। घटना भारतको हो । भारतको महाराष्ट्रस्थित भिवंडी सहरको शान्तिनगर थाना क्षेत्रस्थित जनकल्याण नाकामा रहेको अशोका होटलमा प्रेमीसँग गएकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार रमाइलो गर्न होटल पुगेका प्रेमी भने फरार छन्। प्रेमीसँग रमाइलो गर्नका लागी उनले यौन शक्ति बढाउने सुई लगाएपछि स्वास्थ्यअवस्था बिग्रिदै गयो । होटलका वेटरले अर्डर लिन आउने क्रममा युवतीलाई बेहोस देखेपछि घटनाका विषयमा रहस्य बाहिर आएको हो ।
तत्कालै उनलाई उद्धार गरी अस्पताल लगिएको र डाक्टरलाई आफ्नो नाम र ठेगाना बताएपछि केही बेरमै मृत्यु भएको थियो । घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी गराएपछि युवतीको शव नियन्त्रणमा लिएर प्रहरीले छानविन थालेको छ भने प्रेमी अझै फरार छन् ।