Thursday, December 3, 2020
Home > समाचार > रत्नपार्कमा खाना खुवाउँदा नगरपालिकाको बेइज्जत भएपछि यस्तो!

रत्नपार्कमा खाना खुवाउँदा नगरपालिकाको बेइज्जत भएपछि यस्तो!

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले निः शुल्क खाना वितरणमा रोक लगाएको छ ।

काठमाडाैँको खुल्ला मञ्चमा विभिन्न दाताहरूको सहयोगमा वितरण वितरण गरिएको निः शुल्क खानामा महानगरले वितरणमा रोक लगाएको हो ।

महानगरले तीनदिन यता नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ । महानगरले त्यसरी खाना खुवाउँदा आफ्नो बेइजत भएको तर्क समेत राखेको छ ।

खाना खुवाउने भए आफैंले पार्टी प्यालेस भाडामा लिन अभियान्ताहरुलाई भनिएको महानगरका एक अधिकारीले उल्लेख गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!