Monday, November 30, 2020
Home > अन्तराष्ट्रिय > खुशीकाे खबरः इजरायलमा शुरु भयो कोरोनाविरुद्धको खोप परिक्षणमा!

खुशीकाे खबरः इजरायलमा शुरु भयो कोरोनाविरुद्धको खोप परिक्षणमा!

एजेन्सी। इजरायलले कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण शुरु गरेको छ । खोपको सुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयमसेवकहरूलाई दिएर परीक्षण थालिएको हो ।

इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्ने जनाएको छ । दोस्रो चरणमा भने ९ सय ८० जना सहभागी हुनेछन । अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो परीक्षण २५ हजार व्यक्तिमा गर्ने तयारी छ ।

इजरायलले परीक्षण थालेको विश्वव्यापी रूपमा परीक्षण भइरहेका आशा गरिएका ४० खोपहरुमध्ये एक हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!