Thursday, December 3, 2020
Home > समाचार > प्रचण्डले दिए नेकपा फुट्न सक्ने संकेत

प्रचण्डले दिए नेकपा फुट्न सक्ने संकेत

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको विवादले नयाँ मोड लिने संकेत देखिएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको नजिक पुगेको संकेत गरेसँगै पार्टी विवादले नयाँ मोड लिनसक्ने अवस्था देखिएको हो ।

आइतबार प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठकमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको संकेत दिएका हुन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्रीको मनशाय पार्टी अलगअलग जाने भन्ने रहेको भन्ने ब्रिफिङ गरेका थिए ।

शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!