Monday, November 30, 2020
Home > समाचार > भर्खरै तीनकुनेबाट आयो यस्तो दुःखद खबर…

भर्खरै तीनकुनेबाट आयो यस्तो दुःखद खबर…

काठमाडौं-

काठमाडौंको तिनकुनेमा एक पुरुषको शव फेला परेको छ । बानेश्वर प्रहरी बृत्तभन्दा अगाडि रहेको बागमती खोलाको पुलमुनि आइतबार दिउँसो साढे दुई बजे अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको थियो। तर शरीरमा घाउचोट भने केही नदेखिएको जनाइएको छ । शवको कसको हो भन्ने पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरौटी नलिइ उपचार गर्न अस्पताललाई निर्देशन

काठमाडौं-सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो । उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको छ । सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उनले बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!