Tuesday, November 24, 2020
Home > समाज > भर्खरै भयभक दुर्घटना: ज्ञवाली को ज्यान गयो

भर्खरै भयभक दुर्घटना: ज्ञवाली को ज्यान गयो

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छअर्का सख्त घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ऐठपुर बस्दै आएका ४२ वर्षका विष्णु ज्ञवाली छन्।गोदावरी नगरपालिका– १० का ३४ वर्षीय युवराज जोशी घाइते भएका हुन्।

पश्चिमबाट पूर्व जाँदै गरेको लु६०प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरीत दिशाबाट आउँदै गरेको ज्ञवालीले चलाएको म१प ९६२८ नम्बरको मोटरसाइल आपसमा ठोक्किएका हुन्।गम्भीर घाइते ज्ञवालीलाई उपचारका लागि महाकाली अस्पतालमा लगिएको र उनको त्यहीँ मृत्यु भएको हो। घाइते जोशीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ। शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घाइतेको अवस्था चिन्तामुक्त रहेको बताइएको छ।

सरकारविरुद्ध नेवि संघ सडकमा
रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विधार्थी संगठन नेपाल विद्यार्थी संगठनले सरकार विरुद्ध विरोध गरेका छन् । नेवि संघले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

आफ्ना नेता तथा कार्यकर्तामाथी ज्यादती, धरपकड र झुटा मुद्धा लगाएको भन्दै उनिहरु प्रदर्शनमा उत्रिएको नेवि संघले जनाएको छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना पुष्टिपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल कार्तिक ६ यता उपचाररत थिए । मुख्यमन्त्रीको सचिवालयका अनुसार १५ कार्तिकमा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज आइतबार दिउँसो उनी डिस्चार्ज भएका छन् ।

उनीसँगै कोरोना पुष्टि भएको पत्नी विजयाको पुनः परीक्षणको रिपोर्ट पोजेटिभ नै आएपछि उनीहरु दुबै जना ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!