Thursday, November 26, 2020
Home > भिडियो > एउटा डरलाग्दो खुलासा ! सरकारकाे कोरोना उपचारकाे बास्तविकता, यस्तै हाे भने अब अब म’र्ने बाहेक बिकल्प छैन? (भिडियो हेर्नुस्)

एउटा डरलाग्दो खुलासा ! सरकारकाे कोरोना उपचारकाे बास्तविकता, यस्तै हाे भने अब अब म’र्ने बाहेक बिकल्प छैन? (भिडियो हेर्नुस्)

पोखरा, १६ कात्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहानसम्म दिएको जानकारी अनुसार प्रदेशभर ९ जिल्लाका गरी १८८ जनामा संक्रमण पुष्टि भएको हो जसमा सबैभन्दा धेरै संक्रमित कास्की जिल्लाको पोखराका रहेका छन् ।

लाइफ केयर डाइग्‍नस्टिक पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, र चितवन मेडिकल कलेज गरी ४ प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट निर्देशनालयले सार्वजनिक गरेको हो । निर्देशनालयका अनुसार कास्कीमा १०२ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये १०० जना पोखरा महानगरपालिकाका मात्रै छन् ।

अन्य २ संक्रमित रुपा गाउँपालिकाका हुन् । त्यसैगरी पोखरा-९ की ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । पछिल्लो समय राजधानी पोखरासहित गण्डकी प्रदेशभर संक्रमणको दर बढिरहेको छ । पोखरामा सक्रिय संक्रमितको संख्या १५०० नाघिसकेको छ । आइतबार विहान थपिएका अन्य संक्रमितहरुमा नवलपरासी पूर्वका ३१ जना, तनहुँका २१ जना, गोरखा र लमजङका ११-११ जना तथा स्याङ्जाका ६ जना, बाग्लुङका ३ जना, पर्वतका २ जना र म्याग्दीका १ जना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ७ हजार ५०४ पुगेको छ । हालसम्म ४ हजार २२१ जना निको भएका छन् सक्रिय संक्रमितको संख्या ३ हजार २०८ पुगेको छ । नवलपरासी पूर्वका २ जना र पोखराका १ जना संक्रमितको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

भिडियो हेर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!