Tuesday, December 1, 2020
Home > अन्तराष्ट्रिय > शक्तिशाली भूकम्प, कम्तीमा दुई देशमा गरि २२ काे मृत्यु !

शक्तिशाली भूकम्प, कम्तीमा दुई देशमा गरि २२ काे मृत्यु !

एजेन्सी, १५ कार्तिक । टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प गएकाे छ । साे क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको बताइएकाे छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उक्त शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूका अनुसार २० वटा घर भत्केका छन् ।

भत्किएका संरचनामुनि थप मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् । अहिलेसम्म २२ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको विवरण प्राप्त भएका छन् । भत्किएका संरचनामा परेर भूकम्पका कारण टर्कीमा २० र ग्रीसमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ । भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो ।

टर्कीमा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!