Monday, November 23, 2020
Home > जीवनशैली > कब्रिस्तानमा शव गाड्न नदिएपछि…

कब्रिस्तानमा शव गाड्न नदिएपछि…

धनगढी, १४ कात्तिक । कात्तिक १३ गते बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने मुस्लिम समुदायकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । पाँच दिनअघि सामान्य खोकी लागेपछि उनी सेती प्रादेशिक अस्पताल पुगेकी थिइन् । छोरा इम्तियाजले भने, ‘डाक्टरले कोरोना संक्रमण जाँच गराउ भने । रिपोर्ट पोजिटिभ आयो । हिजो अचानक कोरोना अस्पतालमै आमाको मृत्यु भयो ।’

मृत्युपछि मुस्लिम संस्कार अनुसार नजिकैको कब्रिस्तानमा उनको अन्तिम संस्कार गरियो । स्थानीयले मानवबस्तीका बीच रहेको कब्रिस्तानमा शव गाड्न पाइदैन भन्दै विरोध गरे । उनीहरुले कब्रिस्तानमा तालाबन्दी गरे । कोरोना संक्रमितको शव गाडेको विषयलाई लिएर विहीबार दिनभर प्रहरी र स्थानीयबीच विवाद र तनाव उत्पन्न भयो ।

मुस्लिम समुदायका व्यक्तिहरुले आफ्नो धार्मिक संस्कार अनुसार कब्रिस्तानमै शव गाड्न पाउनु पर्ने माग गरे । स्थानीयले त्यसको विरोध गरे । कोरानाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन त भयो तर, स्थानीयको विरोधसँगै कब्रिस्तानमा तालावन्दी गरिएका कारण अन्य मृतक मुस्लिम समुदायका व्यक्तिको शव व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ ।

यही विवादले गर्दा अर्का एक जना मुस्लिम समुदायका व्यक्तिको शव व्यवस्थापन हुन सकेको छैन । शुक्रबार बिहान मृत्यु भएका धनगढी–१ का ५० बर्षीय मोहम्द जमसेदको शव पनि स्थानीयले कब्रिस्तानमा गाड्न दिएका छैनन् । मृतकका छोरा सद्दाम जमसेदले स्थानीयको विरोधले आफ्नो संस्कार अनुसार शव गाड्न नपाएको गुनासो गरे ।

उनले भने, ‘बिहानदेखि बुबाको शव घरमै राखेका छौं । कब्रिस्तानमा लैजाउ, तालाबन्दी छ । स्थानीय प्रशासनसँग आग्रह गर्दा पनि शव व्यवस्थापन गर्न पाएका छैनौं ।’ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शव व्यवस्थापनका सम्वन्धमा मुस्लिम समुदायका अगुवा र तालाबन्दी गर्नेबीच छलफल भइरहेको बताएका छन् । शुक्रबार बिहान मृत्यु भएका धनगढी–१ का ५० बर्षीय मोहम्द जमसेदको शव पनि स्थानीयले कब्रिस्तानमा गाड्न दिएका छैनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!