Monday, November 23, 2020
Home > अन्तराष्ट्रिय > डुंगा दुर्घटनामा परी १ सय ४० जनाको दुःखद अन्त्य!

डुंगा दुर्घटनामा परी १ सय ४० जनाको दुःखद अन्त्य!

अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा एउटा डुंगा दुर्घटना हुँदा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ ।
गत साताको अन्त्यमा भएको उक्त दुर्घटना यस वर्षकै सबैभन्दा ठूलो दुर्घटना भएको अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले टिप्पणी गरेको छ ।

सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २ सय व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ । तर, सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो ।

आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!