Monday, November 23, 2020
Home > भिडियो > कलिला यु’वतीहरु राखेर यौ’न धन्दा : भिडियो हेर्नुहोस

कलिला यु’वतीहरु राखेर यौ’न धन्दा : भिडियो हेर्नुहोस

भिडियो हेर्नुस्ः

पहिला धर्म, त्यसपछि कर्म

भीष्मले भने, “मेरो धर्म कठोर छ— मैले यही रोजेको छु अनि म त्यही बनेको छु । चाहे जेसुकै होस्, यसको लागि मैले आफ्नो जीवनको मूल्य चुकाउनु पऱ्यो भनेपनि, मेरो धर्म परिवर्तन गर्न सक्दिनँ, किनकि म त्यही बनेको छु ।” यदि तपाईं यस्तो बन्नुभयो भने, तपाईं धर्मलाई स्थापित गरेर आफू कस्तो हुने भन्ने कुरालाई समेत स्थापित गर्नुहुन्छ । योगस्थ: कुरु कर्माणी अर्थात् पहिला आफू कसरी रहने भन्ने तरिकालाई स्थापित गर्नुहोस्, अनि त्यसपछि कर्म गर्नुहोस् । पहिला तपाईंको धर्म,

त्यसपछि तपाईंको कर्म । यतिखेर तपाईं आफ्नो धर्म के हो भन्ने नजाकिनै असाध्यै धेरै कर्महरू सृजना गरिरहनु भएको छ— यही समस्या हो ।तपाईं बाहिरी संसारमा जे–जति गरिरहनु भएको हुन्छ, त्यो मात्रै कर्म होइन— तपाईंले आफ्नो दिमागमा गर्ने सबैथरीका फाल्तू कुराहरू पनि कर्म हो । तपाईं बाहिरी संसारमा जे–जति गरिरहनु भएको हुन्छ, त्यो मात्रै कर्म होइन— तपाईंले आफ्नो दिमागमा गर्ने सबैथरीका फाल्तू कुराहरू पनि कर्म हो ।

कर्म अर्थात् काम । कर्म चारवटा स्तरहरूमा हुन्छन्: शरीरको स्तरमा, मनको स्तरमा, भावनाको स्तरमा र ऊर्जाको स्तरमा । जीवनको हरेक पलमा तपाईं यी चारवटै आयामहरूमा अनेक थरीका कर्महरू गरिरहनु भएको हुन्छ । तपाईंले खाइरहँदा कर्म भइरहेको हुन्छ; तपाईं हिँडिरहँदा कर्म भइरहेको हुन्छ; यहाँसम्म कि तपाईं सुतिरहँदा पनि चारवटै आयामहरूमा कर्म भइरहेको हुन्छ— जीवनको हरेक पलमा कर्म भइरहेको हुन्छ, चाहे जागा रहँदा होस् वा निदाउँदा ।

यो कर्मले आफ्नो खुसियाली र समृद्धिबाट आफूलाई अलग नगरोस् भन्नको निम्ति तपाईंले आफ्नो धर्म स्थापित गर्नुपर्ने हुन्छ । यदि तपाईंले धर्म स्थापित गर्नुभएको छैन भने, कर्मले तपाईंलाई आफ्नो खुसियाली र समृद्धिबाट अन्यत्रै लैजानेछ, किनकि तपाईंका अधिकांश कर्महरू अचेतनपूर्वक वा जानी–नजानिकनै सृजना गरिएका हुन्छन् ।

तर, यदि तपाईंले धर्म स्थापित गर्नुभयो भने, तब कर्मले स्वाभाविक रूपमा त्यो ढाँचालाई पछ्याउनेछ— तपाईंको कर्मको क्रम हुनेछ, निश्चित दिशा हुनेछ, लक्ष्य र प्राप्ति हुनेछ । यदि तपाईंले धर्म स्थापित गर्नुभएन भने, तपाईंको कर्म यत्रतत्र छरपस्ट हुनेछ । त्यस अवस्थामा, यदि तपाईंले केही देख्नुभयो भने, तपाईंको मन, भावनाहरू अनि शरीर त्यसको पछाडि दौडिन सक्छन् । त्यसबेला, तपाईं दुबिधा र अलमलमा पर्नुहुनेछ ।

जब तपाईंभित्रको जीव शरीरबाट बाहिर निस्किन्छ, यसलाई कहाँ जाने भन्नेसमेत थाहा हुँदैन, किनकि यो अलमलिएको हुन्छ । म अलमलिएको दिमागको कुरा गरिरहेको छैन, जसलाई तपाईले राम्रोसँग जान्नुभएको छ— म अलमलिएको जीवनको बारेमा कुरा गरिरहेको छु । जीवन यसकारण दुबिधामा पर्दछ, किनकि त्यहाँ धर्म छैन । जब तपाईं यो शरीरबाट बाहिर निस्किनुहुन्छ अनि त्यसबेला तपाईंलाई कहाँ जाने भनेर थाहा हुँदैन,

त्यो नै चरम पीडा हो । यो मनुष्यमाथि हुन सक्ने सबैभन्दा निकृष्ट कुरा हो । तर दुर्भाग्यवश, अधिकांश मानिसहरूको सन्दर्भमा यही भइरहेको हुन्छ, किनकि मानिसहरूले आफ्नो लागि धर्म स्थापित गर्दैनन्— उनीहरू यो सोच्छन् कि यत्तिकै स्वच्छन्द रहनु नै उनीहरूको स्वतन्त्रता हो !

वंशाणुगत प्रभावबाट मुक्ति

लाखौँ वर्षअघि यहाँ रहेका मानिसहरूको वंशाणुगत गुणले आज पनि तपाईंभित्र अनेक चिजहरू गरिरहेको छ । तपाईंभित्र जुन खेल चलिरहेको छ, त्यसबाट माथि उठेर आफ्नो धर्म स्थापित गर्नु भनेको सामान्य कुरा होइन । यदि स्वतन्त्रताको नाममा, हामीले सडकको नियम कानुनलाई मानेनौँ अनि सवारीहरू जथाभावी हाक्यौँ भने, मानिसहरू स्वतन्त्र हुँदैनन्, उनीहरू त्यहीँ अड्किनेछन् । कुनै नियम–कानुन तोडेर तपाईं स्वतन्त्र बन्नुहुन्न ।

जब मार्ग स्पष्ट हुन्छ, तबमात्र तपाईं स्वतन्त्र रहनुहुन्छ । अत: जीवनमा अनेक चिजहरू यत्तिकै आइरहन्छन् अनि आफूलाई जे ठीक लाग्यो, सोहीअनुसार सम्हाल्न सकिन्छ भनेर नसोच्नुहोला । यस्तो गर्नु भनेको स्वत: स्फूर्त भएको हो भन्ने नठान्नुहोला— यो त बाध्यात्मक प्रवृत्ति हो ।

कुनै कुरा स्वत: स्फूर्त हुनको लागि पनि आधार रहेको हुनुपर्छ । यदि आधार छैन भने, त्यहाँ बाध्यात्मक प्रवृत्ति मात्र हुनेछ, स्वत: स्फूर्त भएको हुँदैन । किनकि, तपाईंको शरीर जुन तरिकाले निर्माण भएको छ, त्यो तपाईंले निर्धारण गर्नुभएको होइन । कृष्णको द्वापर युगमा हाम्रा जीजु बाजेहरूको शरीर जस्तो थियो, तपाईंको शरीर अझैपनि ठीक त्यस्तै छ । भलै, बिचमा मानिसहरू मिश्रित भएका भएपनि, त्यसबेलाका पूर्खाहरूको वंशाणुगत गुण अझैपनि तपाईंभित्र सक्रिय रहेको छ ।

लाखौँ वर्षअघि यहाँ रहेका मानिसहरूको वंशाणुगत गुणले आज पनि तपाईंभित्र अनेक चिजहरू गरिरहेको छ । तपाईंभित्र जुन खेल चलिरहेको छ, त्यसबाट माथि उठेर आफ्नो धर्म स्थापित गर्नु भनेको सामान्य कुरा होइन । “यो मेरो धर्म हो” भन्नुको अर्थ के हो भने,

तपाईं आफ्ना बुबा, बाजे अनि बाँकी सबैजनाबाट पर जान चाहिरहनु भएको छ । तपाईं आफ्नै वंशाणुलाई नकारेर आफ्नो बाटो बनाउन चाहनुहुन्छ । भीष्मले आफ्ना बुबामा “प्रेममा परिहाल्ने” बाध्यात्मक प्रवृत्ति वा ढाँचाहरू छन् भन्ने कुरा स्पष्ट देखे । तब उनले प्रतिज्ञा गरे,

“म कहिल्यै आफ्नो धर्मबाट विचलित हुने छैन । मेरो जीवन राष्ट्रप्रति समर्पित छ अनि त्यही मेरो लागि सबैथोक हो ।” भीष्मको प्रतिज्ञा नै उनको धर्म थियो । उनले आफ्नो वंशाणुगत ढाँचालाई भङ्ग गरे अनि आफ्नै बाटो बनाए । आध्यात्मिक साधना यसैको लागि हो— आफ्नो धर्मलाई यसरी स्थापित गर्ने कि तपाईंको विगत वा अतीतले तपाईंको जीवनलाई वशमा नपारोस् । तपाईंले यो सुन्नुभएको होला कि जब एकजना व्यक्तिले जिससलाई आफ्नो मृत पितालाई गाड्नको लागि जाने अनुमति माग्यो, तब जीससले भने, “मृतकलाई मृतहरूसँगै रहने देऊ !”

यदि तपाईंले मरेकोलाई मरेकाहरूसँगै छोड्नुभएन भने, तपाईंसँग आफ्नो धर्म नहुने मात्रै होइन, तपाईंसँग आफ्नो जीवन समेत हुँदैन । अरू नै कोही तपाईंमार्फत बाँच्न खोजिरहेको हुन्छ । एउटा व्यक्तिले आफ्नो बुबा गुमाएको बेला कसैले यो अभिव्यक्ति दिनु असाध्यै अमानविय एवं कठोर लाग्न सक्दछ, तर उनले त्यही भनेका थिए । किनकि, उनले मृत बुबालाई मात्र छोड्न भनेका होइनन्—ती सबै पूर्खाहरूलाई छोड्नु,

जो यतिखेर तपाईंभित्र सल्बलाइरहेका छन्, नाचिरहेका छन् । यदि तपाईंले मरेकोलाई मरेकाहरूसँगै छोड्नुभएन भने, तपाईंसँग आफ्नो धर्म नहुने मात्रै होइन, तपाईंसँग आफ्नो जीवन समेत हुँदैन । अरू नै कोही तपाईंमार्फत बाँच्न खोजिरहेको हुन्छ । आफ्नो धर्म स्थापित गर्नु भनेको यही हो: मृतकलाई मृतहरूसँगै रहन दिनु अनि आफ्नो निम्ति नयाँ मार्ग बनाउनु । यो नै स्वतन्त्रता हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!