Tuesday, July 13, 2021
Home > समाचार > दशै मनाऊन घर फर्कदै गरेको बसको भयानक दुर्घटना

दशै मनाऊन घर फर्कदै गरेको बसको भयानक दुर्घटना

काठमाडौँदेखि गाल्वातर्फ जादैँ गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।दशँै मनाउन गाउँ फर्कदै गरेको बा ३ख ४६७५ नं को बस आज दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतका अनुसार गाडी सडकबाट करीब ५० मिटर तल खसेको छ । घाइतेहरूको सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । विपरीत दिशाबाट आइरहेको गाडीलाई ठाउँ दिने क्रममा दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!