Monday, November 23, 2020
Home > समाज > एक महिलाले पत्याउनै मुस्किल पर्ने गरि १२ पटकसम्म गरिन यस्तो काम जुन थाहा पाउदा सबै चकित

एक महिलाले पत्याउनै मुस्किल पर्ने गरि १२ पटकसम्म गरिन यस्तो काम जुन थाहा पाउदा सबै चकित

नेपालको कानुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ। तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक गर्भपतन गर्न बाध्य हुन्छन्। तर कानुनले नदेखेझैं गर्छ कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्।

जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन्न विधिबाट गर्भपतन गराइन्। ‘धेरै पटक एक–दुई महिनाको गर्भ औषधी खाएर फाल्नुपर्यो’, उनले भनिन्, ‘छोरो पाउनुपर्छ भनेर श्रीमान र सासू,ससुराले भिडिओ एक्स–रे गरेरै लिङ्ग पहिचान गर्न लगाए, छोरी रहेको पहिचान भएपछि गर्भपतन गर्न बाध्य बनाए।’

जग्गाजमिन प्रशस्तै हुने तराईको परिवारमा जन्मिएकी बिजमतीले खान लाउन दुःख भोग्नु परेन। गाउँकै स्कुलमा कक्षा ५ सम्म पढेकी उनी अरु छोरी मान्छेले पढाइ छोडेको देखेर स्कुल जान छोडिन्। गाउँकै एक युवक उनलाई प्रेम गर्थे। पछि त्यो प्रेम विवाहमा परिणत भयो।

त्यतिखेर उनी १६ वर्षकी थिइन्। श्रीमान भारतमा नोकरी गर्थे। ‘तेरो लागि ज्यानै दिन्छु भन्थ्यो’, उनी विगत सम्झन्छिन्। ‘छोरी जन्मे लगत्तै परिवारमा कुरा काट्न सुरू भइसकेको थियो’, उनले भनिन्, ‘छोरी भएपछि सासू(ससुरा यसले छोरा जन्माउने भई, यसको जिन्दगी बिग्रियो भन्न थालिसकेका थिए।’

‘भित्रभित्र छोरो जन्माउन खोज्ने, अर्को बिहे गर्न खोज्ने दाउमा पो उनी रहेछन’, बिजमतीले भनिन्,‘अहिले लाग्छ छोरी भएकोमा सन्तुष्ट मान्ने पुरूष त सयमा एक मात्रै होलान्, सबैलाई छोरो नै चाहिने रहेछ।’ उनको जीवनका केही समय त यस्ता थिए ६ महिना, वर्ष दिनमा गर्भ रहन्थ्यो, अत्तरियाको एक अस्पतालमा भिडिओ एक्स–रे गर्थिन् छोरी देखिएपछि फालिहल्नु पर्दथ्यो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!