Thursday, December 3, 2020
Home > समाचार > दशैंकै दिन जाजरकोटबाट आयो सबैलाइ रूवाउने यस्तो खबर!

दशैंकै दिन जाजरकोटबाट आयो सबैलाइ रूवाउने यस्तो खबर!

जाजरकोट : गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गु’माएर एक्लै बाँ’चेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ।१८ वर्षीय कृष्ण बेलाबेलामा झस्किने गर्छन् । परिवारै गु’माउनु पर्दाको पी’डा त छँदैछ । भावी जीवन कसरी बिताउने चिन्ताछ छन् उनी ।

दुःखजिलो गरेर जेनतेन रमाइरहेको थियो सार्की परिवार तर गत असार २५ गते मध्यरातमा आएको पहिरोले उनीहरुको सबै खुसी खोस्यो । परिवारका चार सदस्य चुडेर लग्यो । आफन्तको घर गएर बाँचेका कृष्ण बहादुर कसरी जीन्दगीको नयाँ अध्याय थालनी गर्ने भन्ने अझै टुङ्गोमा पुगिसकेका छैनन् । बस्ने घर र खाने गास खोसिएपछि उनी छिमेकी काकीको घरमा शरण लिएर बसेका छन् ।

हुनेखानेका घरमा दसैं आएपनि उनलाई दसैंको कुनै रौनक छैन । पेटभर खान पाएका छैनन् । घरगृहस्ति कसरी चलाउने भन्ने चिन्तामा छन् । आर्थिक अवस्था निकै कमजोर भएका उनलाई दसैंले गिज्याइरहेको अनुभुति हुने गरेको छ । ‘पेटभरी खान पाए हाम्रो लागि त्यही दसैं हुन्थ्यो,’ उनले भने । ‘दिनमा घामले पोल्छ ।

रातमा चिसोले सताउँछ । खाने अन्न छैन। भएको घर पहिरोले बगाएर लग्यो । विकल्प केही नभएपछि यही त्रिपालमुनी गुजरा चलाइरहेका छौं, जिल्लाको बारेकोट गाँउपालिका ४ गोठगाँउ तलगाँउकी गोरी नेपालीले यी पिडा सुनाइ रहँदा उनको गला अवरुद्ध भयो, आँखा रसाए । अन्नपुर्ण पोस्टमा राजेन्द्र कार्कीले लेख्नु भएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!