Thursday, December 3, 2020
Home > जीवनशैली > प्रधानमन्त्री ज्यू! वेदबहादुर त गए भोलि कसको पालो ?

प्रधानमन्त्री ज्यू! वेदबहादुर त गए भोलि कसको पालो ?

काठमाडौ । वेदबहादुरले काठमाडौंको बौद्धनाथको उत्तरपट्टि डेरा लिएका थिए । सस्तो ज्याला, मजदुरी, आय–आर्जनको बाटो थियो । श्रीमती लक्ष्मीले पनि सकेजति सघाएकी थिइन् । तर, ऋणबाट पार पाउन सकेनन् । अन्ततः पारिवारिक विखण्डनको दुःखद् परिघटना निम्तियो । परिवारसँग छुट्टिएर सडकमै आश्रय लिन थालेका थिए उनी । वेदबहादुरले मदिरालाई साथी बनाएको धेरै भएको थियो ।

उनी बौद्ध, जोरपाटी क्षेत्रमा दिभरी भारी बोकेर साँझ–(बिहानको छाक टार्न थाले । चैत ११ देखि लकडाउन सुरु भयो । त्यसको ज्यादा असर वेदबहादुरलाई नै पर्‍यो । भारी बोक्ने काम पाउन छाडेपछि उनी नगरपालिकाको शरणमा परेका थिए । आफूले भारी बोकिदिएका साहूहरूकहाँ हात पसारेर साँझ–बिहान गुजार्दै आएका थिए । जेनतेन भोक भर्दै आएका थिए ।

तर कात्तिकको २–३ गतेदेखि शरीमा ज्वरो देखा पर्‍यो । बिहान–दिउँसो ज्वरो सामान्य हुने । वेदबहादुरको शरीर कमजोर हुँदै गयो । “ज्वरोले इन्तु न चिन्तुसँग बाटामा मुढोजस्तो भएर लडिरहेको देखेर बौद्धका एकजना शेर्पा थरका व्यक्तिले जोरपाटी, आत्तरखेलको नेपाल मेडिकल कलेजसम्म पुर्‍याइदिनु भएछ,” ।

छातीको एस्सरे गरेछ र फोक्सोमा पानी जमेको छ उपचार गर्ने भए धरौटी जम्मा गर्नुपर्छ भनेपछि पैसा दिन सकिएन । त्यत्तिकै फिर्ता हुनुभयो ।” प्रत्यक्षदर्शीको गुनासो छ । तर उनी अस्पतालबाट फिर्ता हुनुको कारण भने अर्कै रहेछ । उनको उपचार गर्नुभन्दा अघि गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको रहेछ । त्यो कुरा नभनि उनलाई अस्पतालबाट बाहिर निकालियो ।

उनी कात्तिक ५ गते राति बौद्ध ओरालोको सार्वजनिक शौचालयनजिकै सुतेर रात बिताए । भोलिपल्ट कोरोना सङ्क्रमित भएको ठहर भएपछि सबैजना छेउ पर्न डराए । उद्धार गर्ने कोही भएन । सरकारले कात्तिक २ गतेपछि भर्ना भएको सबै कोरोना सङ्क्रमितको उपचार गर्न नसक्ने, विपन्न, असहाय, अपाङ्गता भएका, एकल महिला आदिको मात्र उपचार गर्न सक्ने भनेर हात उठाइसकेको थियो । वेदबहादुरसँग विपन्नताको पुर्जी थिएन ।

न गरिबीको कुनै प्रमाणपत्र नै थियो । न कुनै नागरिकता नै बोकेका छन् । केही छैन भन्ने थाहा पाएपछि मेडिकल कलेजले वेदबहादुरलाई घर जाउ भनिदियो । घर नै थियो पो कहाँ र ।

फूलपातीको रात पनि वेदबहादुर सडकपेटीमै काटे । त्यसपछि उनका साला पर्ने रमेशले स्थानीय प्रहरीलाई हार गुहार गर्यो । प्रहरीले अस्पतालसम्म पुर्याउने बाचा गरे । सडकमा बेवारिसे पल्टिइरहेका वेदबहादुरलाई उठाउन प्रहरीले एम्बुलेन्स ल्याएको मात्र के थियो, विपरीत दिशाबाट आएको स्कुटरले वेदबहादुरलाई ठक्कर दियो ।

टाउकामा गहिरो चोट लागेका वेदबहादुरको घटनास्थलमै मृत्यु भयो । यति बेलासम्म उनलाई उठाउन स्वास्थ्य मन्त्रालयसँग हजार विन्ति गरिएको थियो । तर कर्मचारीले रुखो बोली बोलेर सरकारले नसक्ने भनेका थिए । यो घटनाले अहिले थाहा पाउँने सबैले न सरकार न समुदाय सबैमा मानवता हराएको भन्दै सुस्केरा हालिरहेका छन् ।

यो सूचना पनि एकपटक अवस्य पढ्नुहोला…

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु । ११ महिना देखि जसोतसो ऋण गरि औषधि उपचार भयो तर अब मेरो घर को अवस्था यस्तो छैन ।

यसैले मेरो औषधि उपचारका लागि मलाई चिन्ने या नचिन्ने ठूलो मन हुनुहुने सम्पूर्णलाई दुई हात जोडि सहयोग को अपेक्षा राख्दछु । हजुरहरु को सानो सहयोग ले म बाच्न सक्छु भन्ने मलाई बिन्ति सहयोग गरिदिनु हुनेलाई भगवान खोज्न मन्दिर जानु पर्दैन भगवान त हाम्रो मनमा हुनुहुन्छ मलाई सहयोग गरिदिनु हुनेलाई मेरो खाता नम्बर तल राखेकेकी छु । क्रिपया सहयोग गरिदिनुहोस् ।

Account number हो 1115750837223001 एनआईसी एशिया bank branch खजुरा, मेरो Account नाम : डिना परियार , मेरो फोन नं हो। 9816579174 , 9803962833 बिन्ति सहयोग गर्नुहोला।

Leave a Reply

error: Please Dont Copy My Content!! !!