Thursday, December 9, 2021
Home > समाचार > OMG! दशैकाे मुखमै दाङबाट अायो सबैका मन रूवाउने यस्तो दुःखद खबर

OMG! दशैकाे मुखमै दाङबाट अायो सबैका मन रूवाउने यस्तो दुःखद खबर

माटोको ढिस्कोले पुरिएर दाङमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । दशैँको लागि घर पोत्ने माटो खन्न जाँदा ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–४ मौरीघाट निवासी चौधरी परिवारका तीन सदस्यको जयन गएको छ ।

प्रहरीले ३५ वर्षीय निमाकुमारी चौधरी, ३० वर्षीय श्यामकुमारी चौधरी र १२ वर्षीय रेजीना चौधरीको मृत्यु भएको जानकारी दिएको छ । दसैंका लागि घर पोत्ने माटो लिन दोलइ खोलामा गएका उनीहरुको मोटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीको भनाई छ ।

उनीहरु सबैको घटनास्थलमै ज्यान गएको दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तिमगरले जानकारी दिएका छन् । दशैँको बेलामा घर पोत्ने माटो खन्न जाँदा बर्षेनी धेरै जनाको ज्यान जाने गरेको छ । त्यसैले पनि विशेष सतर्क हरन सम्बन्धीत निकायले सबैसँग आग्रह गरेको छ । साभारpanchkhalmedia.com बाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!