Tuesday, November 24, 2020
Home > जीवनशैली > गाउँका महिला एकाएक का’म्न र नाच्न थालेपछि शुरू भयो यस्तो मेला… (भिडियो हेर्नुहोस्)

गाउँका महिला एकाएक का’म्न र नाच्न थालेपछि शुरू भयो यस्तो मेला… (भिडियो हेर्नुहोस्)

महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा शुक्रबारदेखि भू’त मेला शुरु भएको छ । बडादशैँका बेला अनादि कालदेखि नै भू’त मेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा मेला शुरु भएको हो । औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै मेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने मेला यस वर्ष पनि लागेको सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताउनुभयो ।

भूत मेला हेर्न तल जानुहाेस्

मेलामा हजारौं दर्शनार्थीको भीड लाग्छ । भू’त प्रे’त, दु’ष्ट आत्माले सता’इए’का हजारौँ प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ ।

वर्षौंदेखि भू’त, कालो जा’दु टु’नाको कु चक्रमा परेर जीवन मृ त्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे ल’ड्दै प’ड्दै, रुँ’दै हाँस्दै आफैँ ब’क्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी रमेश झाको भनाइ छ ।

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ महिला र पुरुष पुग्ने गरेका छन् । “सोनामाई शक्तिपीठमा धा’मी झाँ’क्री रातदिन भजनकीर्तन र भू’त भगाउने काममा तल्लीन रहन्छन्”, अर्का पुजारी झगरु झाले भन्नुभयो ।

प्रत्येक वर्ष हजारौं दर्शनार्थी आउने यो मेलामा यो वर्ष कोरोना भाइरसका कारण निक्कै कम भक्तजन सहभागी हुने अनुमान गरिएको सोनामाई पूजा व्यवस्थापन समितिले जनाएको छ ।

मेलामा आउने दर्शनार्थीका लागि रातिको बास र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ । (यो भिडियो त्रिनेत्र न्यूजबाट लिइएको गत बर्षको मेलाको भिडियो हो ।)

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!