Monday, November 30, 2020
Home > समाचार > प्रचण्डको लागि फेरि आयो यस्तो दुखद खबर, के हाेला अब!

प्रचण्डको लागि फेरि आयो यस्तो दुखद खबर, के हाेला अब!

पार्टी एकीकरण भएको साढे दुई वर्षपछि नेकपामा पूर्वएमाले र पूर्वमाओवादी आ–आफ्नै कित्तामा छुट्टिने अवस्था आएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाइपास गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो समूहमा आउन आग्रह गरेपछि नेकपाको राजनीति फरक ढंगले अघि बढ्ने देखिएको छ ।प्रचण्डलाई साइजमा ल्याउन ओलीले नेता नेपाललाई आफूलाई सहयोग गर्न खुलेर प्रस्ताव गरेका छन् ।

मंगलबार बालुवाटारमा ओलीले नेपालसँग साढे दुई घन्टा कुराकानी गरेपछि पूर्वमाओवादी पक्ष सशंकित भएको छ । ओली नेपाल सहकार्य
भएमा आगामी एकता महाधिवेशनमा प्रचण्ड अध्यक्षमा पछारिने निश्चित छ । त्यसैले अब प्रचण्डलाई राजनीति गर्न त्यति सहज हुने छैन । आगामी महाधिवेशनमा एकल अध्यक्ष दिने भन्दै फकाएर ओलीले प्रचण्डलाई पार्टी एकता गरेका थिए ।

तर, पछिल्लो समय ओलीको गतिविधिले प्रचण्ड फेरि पनि अलपत्र पर्ने देखिन्छ ।नेकपा कर्णाली प्रदेशमा देखिएको विवादले ओली र प्रचण्डबीच वाकुयद्ध सुरु भएको छ । संसदीय दलका प्रमुख सचेतकलाई निलम्बन गर्ने निर्णय बदर गर्ने सहमति भएको सूचना ओलीका प्रेस संयोजक सूर्य थापाले सार्वजनिक गरेको केहीबेरमै दाहालका प्रेस संयोजक विष्णु सापकोटाले त्यससमा सत्यता नभएको दाबी गरेपछि वाकयुद्ध भएको हो ।

प्रचण्डको तर्फबाट एक प्रेस नोट जारी गर्दै उनका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले गुलाबजंग शाहलाई प्रमुख सचेतक बहाली गर्ने कुनै निर्णय नभएको दाबी गरेपछि ओली र प्रचण्डबीच अब राम्रै टक्कर पर्ने देखिएको छ । त्यसैले अब प्रचण्डलाई राजनीति गर्न त्यति सहज हुने छैन ।

ओलीले नेपालसँग साढे दुई घन्टा कुराकानी गरेपछि पूर्वमाओवादी पक्ष सशंकित भएको छ । ओली नेपाल सहकार्य
भएमा आगामी एकता महाधिवेशनमा प्रचण्ड अध्यक्षमा पछारिने निश्चित छ । आगामी महाधिवेशनमा एकल अध्यक्ष दिने भन्दै फकाएर ओलीले प्रचण्डलाई पार्टी एकता गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!