Tuesday, November 24, 2020
Home > समाज > दशैं काल बनेर आयो समीक्षाको ! परिवारमा चल्यो यस्तो रुवाबासी !!

दशैं काल बनेर आयो समीक्षाको ! परिवारमा चल्यो यस्तो रुवाबासी !!

बिराटनगर । मोरङको बेलबारीमा स्कुटर दुर्घटनामा हुँदा एक युवतीले ज्यान गुमाएकी छिन् । भर्खरका तीन जना युवती सवार भएर गै रहेको अवस्थामा उक्त स्कूटर दुर्घटना भएको बताइको छ । ज्यान जाने र घाइने तीन जना युवतीहरु २० बर्ष मुनिका छन् । प्रहरीका अनुसार सवार तीन मध्ये, दुई युवती घाइते छन् भने एक युवतीको ज्यान गएको छ । बेलबारी नगरपालिका–४ मा बुधबार राति भएको दुर्घटनामा चालक १९ वर्षीया समीक्षा राईको ज्यान गएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान १ बजेतिर ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को ३२ प ५६३७ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् । अनुपमाको विराटनगरको नोबेल मेडिकल कलेज र सुमित्राको स्थानीय सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बडादशैँको सातौँ दिन अर्थात फूलपाती भित्र्याइँदै..

काठमाडौं- आज बडादशैँको सातौँ दिन अर्थात फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ । विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश गराउने प्रचलन रहेको छ । तर, यस वर्षको फूलपातीमा त्यस्तो हुने छैन ।

प्रतिकात्मकरूपमा फूलपाती भित्र्याइँदै छ ।कोरोनाको महामारी नै भए पनि दशैँ घर तथा पूजा कोठामा फूलपातीकारूपमा विभिन्न नौ सामग्री भित्र्याइदैछ ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, गौतमले भने ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!