Thursday, November 26, 2020
Home > प्रवास > अस्पतालमा छटपटाई रहेकि श्रीमतिका ज्यान बचाउने आशा सहित विदेशी भूमिबाट श्रीमानकाे यस्तो स्टाटस!

अस्पतालमा छटपटाई रहेकि श्रीमतिका ज्यान बचाउने आशा सहित विदेशी भूमिबाट श्रीमानकाे यस्तो स्टाटस!

अहिले एउटा स्टाटसले सबैको मन रुवाएको छ । लाखौँको संख्यामा विदेशी भूमिमा रहेका अधिकांश नेपाली दाजुभाइहरुको भोगाई भएकै कारण सायद त्यो फेसबुकको स्टाटस भाइरल भइरहेको छ । एकजना विदेशीएका छोराले फेसबुकमा लेखेका छन् ।

यो के भयो बढी । तिमी हस्पिटलको बेडमा छटपटी हरेकी छौ । उता घरमा नानीहरुको बिचल्ली छ । म अर्काको देशमा रोड बढार्दै छु । तपाईहरु प्रति केही सहयोगको आशा राख्दैछु । मेरो फेसबुक लिस्टमा रहनु भएको सम्पुर्ण साथी भाइ र मेरो आफन्तहरुलाई म बिनम्र अनुरोध गर्दछु ।

मेरो बुढी हप्ता दिन देखि बिराटनगर नोवेल हस्पिटलको आइसीयूमा छटपटी हरेकी छिन । डाक्टरहरुको भनाई अनुसार एबी पोजेटिभ ब्लड धेरै मात्रामा लगाउनु पर्छ रे । यदी तपाई लगाएत तपाईका फ्याम्ली तपाईहरुले चिनेको साथीहरुसँग यो रगत समुह छ भने क्रिपया सोधी खोजी गरेर सहयोग गर्दिनुहोला । प्लिज प्लिज ।

यदी एबी पोजेटिभ ब्लड पूरा भयो भने मात्र बिरामिको अप्रेसन गर्न मिल्छ रे । ज्यान जोखिममा परिरहेको छ । डाक्टरको भनाई अनुसार ब्लड पूरा भएन भने यो केस डेन्जर छ । हामी अप्रेसन गर्न सक्दैनौ भन्दैछ रे । प्लिन हेप्प गर्दिनुहोला ।

अनि लागत खर्च पनि धेरै लाग्ने डक्टरहरुले बताउनु भाको छ रे । खै के गर्नु कस्लाई भन्नू । हाल म साउदिमा छु म पनि यो कम्पनिमा फसेको छु । म नेपाल फर्किन धेरै ट्राई गरे कम्पनिले दिएको छैन । र अहिले मेरो बुढी हस्पिटलमा बिरामी भएर लडिरहेकी छिन् ।

अब म मेरो आफन्त साथिभाई सबैमा आशा गर्छु । अनि सबैले एक एक सेयरपनि गर्दिनु होला प्लिज । दुःख पीडा सबैलाई आईपर्छ मात्र ढिलो छिटोमा फरक हुन्छ । मैले पनि धेरैलाई सहयोग गर्दै आए आज मलाई नै यस्तो पीडा पर्यो । क्रिपया हामीलाई बचाउनुहोस् । जनबोलीबाट साभार

Leave a Reply

error: Please Dont Copy My Content!! !!