Thursday, November 26, 2020
Home > समाचार > कोरोना जितेपछि हरिवंशले माया दिनेहरुका लागि लेखे यस्तो सन्देश

कोरोना जितेपछि हरिवंशले माया दिनेहरुका लागि लेखे यस्तो सन्देश

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलाले कोरोना जितेका छन् । केही दिन अघि कोरोना पुष्टि भएको जानकारी उनीहरुले सामाजिक सञ्जाल मार्फत दिएाक थिए ।

हरिवंशले सामाजिक सञ्जालमा आफु र पत्नीलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए । करिब दुई साता पछि दम्पत्तीले कोरोना जितेका हुन् । कोरोना पुष्टि भएको अघिल्लो दुई दिन हरिवंश र मदनकृष्ण एउटै कार्यक्रममा सहभागी भएका थिए ।

दुई दिन सम्म कार्यक्रमको सुटिगंमा संगै रहेका मदनकृष्ण श्रेष्ठलाई भने कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । हरिवंश र उनकी पत्नीलाई कोरोना पुष्टि भएको जानकारी पाएपछि मदनकृष्णले पनि कोरोना परिक्षण गरेको र आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका थिए ।

कोरोना जितेको खबर सार्वजनिक गर्दै हरिवंशले खुसी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमै त्यसवारे जानकारी दिएका हुने । उनले फेसवुकमा लेखेका छन्, हाम्रो कोरोनाको रिपोर्ट “ नेगेटिभ “ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!