Sunday, July 11, 2021
Home > समाचार > दशैं मनाउन फर्केका यात्रु सहितकाे बस एक्कासी त्रिशुलीमा खस्यो

दशैं मनाउन फर्केका यात्रु सहितकाे बस एक्कासी त्रिशुलीमा खस्यो

चितवन । चितवनको फिस्लिङमा दशैंमा घर फर्केका यात्रु बोकेको बस त्रिशुली नदीमा खसेको छ । लमजुङबाट काठमाडौंतर्फ गइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशुली नदीमा खस्दा १ जना घाइते भएका छन् भने ४ को सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार ना ५ख ३७०५नम्बरको यात्रुबाहक बस आइतबार मध्यराति १२ बजे त्रिशूली नदीमा खसेको हो ।

बस सडकबाट करिब ७० मिटर तल खसेर नदीमा पुगेको थियो । त, प्रहरीले ४ जनाको सकुशल उद्धार गर्न सफल भयो । १ जना घाइते भएको र हराएका १ जना पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । काठमाडौं फर्कने गाडी भएकाले सो बसमा चालकसहित ६ जना मात्र सवार थिए । प्रहरीले यात्रुवाहक बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!