Monday, November 30, 2020
Home > समाचार > ह’ त्या हुनु केहि समय अगाडी असई गोविन्द विकले श्रीमतिलाई यसो भनेका रहेछन…

ह’ त्या हुनु केहि समय अगाडी असई गोविन्द विकले श्रीमतिलाई यसो भनेका रहेछन…

केराउ त’स्क’रले कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज गोविन्द विक र जवान राम बहादुर साउँदको ज्या न लिएको खुलेको छ । प्र हरी समक्ष प’क्राउ परेकाहरुले यस्तो ब यान दिएका हुन । प्रहरी अ’नुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट त’स्क’रले केराउ निकासी गर्न खोजेका थिए । गोविन्द बिक साधारण परिवारबाट सँघर्ष गरेर नै यहाँसम्मकाे यात्रा तय गरिरहेका थिए ।

सोही क्रममा गस्तीमा निस्किएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि ह म ला गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । बिकले सो क्षेत्रमा हुने त स्क री नि य न्त्र णमा शुरु देखी नै क डाई गर्दै आएको बुझिएको छ ।

दुवैको ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धानको लागी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र सीआईबीको टोली परिचालन भएको छ । असई विक श्रीमती र दुई छोरीसँगै कोठा भाडामा लिएर धनगढीमा बस्दै आएका थिए। हप्तामा एकपटक समय मिलाएर भेटघाटमा आउने उनी शनिबार धनगढी आउने योजनामा थिए।

तर धनगढी उपमहानगरपालिका १० मा पर्ने गौरी कटानको वनकट्टी घाटमा अवैध त’स्क’री भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरी जवान रामबहादुर साउदलाई मोटरसाइकलमा लिएर विक त्यहाँ पुगेका थिए। श्रीमतीलाई फोनमा कोठा आउँछु भनेका उनी त’स्क’रको प’न्जा’बाट सकुशल फर्किन पाएनन्।

यो पनि पढ्नुहोस्: प्रहरी जवानको ज्यान लिने सार्वजनिक

धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको ज्यान लिएको अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ज्यान लिएको घटनामा संलग्न भएको आरोप लागेका मध्य ७ जनालाई सार्वजनिक गरिएको हो । प्रहरीले अरु केहीलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ ।

घटना स्वीकार गरेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि प्रहरीको ज्यान लिएको बताएका छन् । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!