Monday, November 30, 2020
Home > समाचार > धनगढी प्रहरी ह त्या: नदीभित्र यस्तो अवस्थामा गाडि’एको थियो प्रहरी जवानको श’व…

धनगढी प्रहरी ह त्या: नदीभित्र यस्तो अवस्थामा गाडि’एको थियो प्रहरी जवानको श’व…

धनगढी । केहि दिन अगाडि हराएका प्रहरी जवान रामबहादुर साउँदको श’व भेटिएको ठाउँ नजिकै पेस्तोल फे’ला परेको छ।भेटिएको उक्त चाइनिज पेस्तो’ल प्रहरी सहायक निरीक्षक गोविन्द विकले बोकेका थिए। दूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार विकको श’व भेटिएको ठाउँबाट दुई सय मिटर उत्तरपश्चिममा जवान साउँदको श’व भेटिएको थियो। शवनजिकै विकले बोक्ने गरेको पेस्तोल भेटिएको सिंहले बताए।

उनको श’व गाडेको अवस्थामा फेला परेको थियो। प्रहरीले पक्रा’उ परेका एक व्यक्तिको बयानका आधारमा जवानको श’व भेटिएको प्रहरी स्रोतले बतायो। ‘पक्रा’उ परेका व्यक्तिलाई सँगै लिएर गएपछि उनले देखाएको ठाउँ खनेर हेर्दा प्रहरी जवानको श’व फेला परेको हो,’ प्रहरी स्रोतले भन्यो।साउँदको श’व पोस्टमा’र्टमका लागि सेती प्रादेशिक अस्पताल लगिँदैछ भने पेस्तोलको फरेन्सिक जाँच हुने सिंहले बताए।

धनगढी उपमहानगरपालिका-१२ स्थित प्रहरी चौकी जुगेडामा कार्यरत् विक र साउँदलाई तस्करको समूहले ह*त्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। असई विक र जवान साउँदलाई उस्तै प्रकृतिले ह*त्या गरिएको देखिएको छ। साउँदको पनि घाँटी रेटिएको अवस्थामा श’व फेला परेको छ।प्रहरीले ह*त्यामा संलग्न केहीलाई प’क्राउ गरिसकेको बताएको छ।

याे पनि हेर्नुसः माधव नेपालले निकाले यस्तो विज्ञप्ति
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले कोरोना संक्रमितको उपचार र परिक्षण गर्न नसक्ने भन्दै दिएको अभिब्यक्तिको विरोध गरेका छन् । उनलेसबै विरामीको उपचार गर्न नसक्ने भनेर गरेको निर्णयमा आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएका छन् ।

आज सामाजिक सञ्जाल फेशबुकमा एक विज्ञप्ती जारी गर्दै नेता नेपालले यस्तो ध्यानाकार्षण गराएका हुन् । उनले भनेका छन्,‘सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेको कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।’ नेता नेपालले संकटको बेलामा सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने पनि धारणा राखेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!