Monday, October 26, 2020
Home > समाचार > दुई दिनअघि मात्रै असई गोविन्दले सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए

दुई दिनअघि मात्रै असई गोविन्दले सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए

कैलाली ।

कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए । नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन ।

लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि परेपछि उनी सबैको तारो बनेका थिए । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर राणा भन्छन्, ‘उनी एकदमै मेहनती थिए, केही गर्छु भन्ने भावना बोकेर भर्खरै मात्र सीमामा गएका थिए ।’

०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गरेका बिक कैलाली बहुमुखी क्याम्पसमा हालै स्नातकोत्तरमा समेत भर्ना भएका थिए । २८ वर्षीय उनी प्रहरी निरीक्षकमा प्रतिष्पर्धा गरेर काँधमा खुकुरी चिह्न भिरेर देशको सेवा गर्ने तयारीमा लागेका थए ।

त्यसका लागि दर्खास्त पनि दिइसकेका थिए, हालै काठमाडौंमा स्वास्थ्य परीक्षण गराएर कैलाली फर्किएका थिए । अन्य परीक्षाको तयारी त्यहीँबाट गरिरहेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!