Thursday, December 9, 2021
Home > समाचार > भर्खरै आयो दुखद खबर ,आफ्नै घरको वरण्डामा झुण्डिए पूर्वसांसदले गरे आत्महत्या

भर्खरै आयो दुखद खबर ,आफ्नै घरको वरण्डामा झुण्डिए पूर्वसांसदले गरे आत्महत्या

सरोज यादव, विराटनगर ।मोरङमा एकजना पूर्व सांसदले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नं २ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरण्डामा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरिक्षक गोविन्द खवासले जानकारी दिए ।

उनी २०३८ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा मोरङको प्रतिनिधित्व तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाहीकालमा अन्चल प्रशासक रहेका थिए । धिमाल मुटु, हर्निया आदि रोगबाट पिडित थिए । धिमालका श्रीमती तथा एक छोरा रहे पनि उनीहरु काठमाडौ बस्नेहुदा धिमाल एक्लै लालभित्ती स्थित घरमा वस्दै आएका थिए ।

मृत्यु पर्यन्त नै शरीर दान गरेका धिमालको शरीर पोष्टमाटमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालयले बेलबारीले जनाएको छ । लामो समयदेखि रोगबाट पिडित धिमालको आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!