Saturday, October 24, 2020
Home > अपराध > बीरगञ्जबाट बरामद साढे २२ किलो अवैध सुन बारे आयो यस्तो खुलाशा!

बीरगञ्जबाट बरामद साढे २२ किलो अवैध सुन बारे आयो यस्तो खुलाशा!

बीरगञ्ज । वीरगन्जको गणेश अपार्टमेन्टमा प्रहरीले छापा मारेर २३ किलो बढी सुन र दुई किलो चाँदी बरामद गर्न सफल भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबर दुई घण्टा छापा मारेर २३ किलो बढी सुन बरामद गरेको हो । निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा सुन फेला परेको थियो । यस अघिका सुनकाण्डहरूको समाचार पनि हेर्नुहाेला ।

केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबार अपार्टमेन्टबाट एक केजीका दरले १३ वटा सुनका बिस्कुट १३ केजी, मझौला सुनका बिस्कुट ४६ पिस आठ केजी पाँच सय ७६ ग्राम । बिस्कुट सानो १०० ग्रामको दरले १० पिस एक केजी बरामद गरेको पत्रकार सम्मेलन गरी जनएको छ ।

त्यस बाहेक सुनका विभिन्न गहना समेत लुकाएको फेला परेको छ । त्यसैगरी चाँदीको जस्तो देखिने गरगहना, थाल र भाडा गरेर दुई केजी २६२ ग्राम बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन । सुन बरामद भएको अपार्टमेन्टको फ्ल्याट र त्यसका धनी पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

साढे २२ किलो अवैध सुनः नि’य’न्त्र’णमा भने कसैलाई लिईएको छैन

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन ब’रा’म’द गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन ब’रा’म’द गरेको हो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छा’पा मारेको बताए ।

सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन ब’रा’म’द गरेपनि कसैलाई नि’य’न्त्र’णमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अ’वै’ध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छा’पा मार्न पुगेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!