Monday, October 26, 2020
Home > जीवनशैली > भावुक हुदै टिभी सिरियल निर्मात्री एकता कपुरले खोलिन् बिहे नगर्नुको यस्तो राज!

भावुक हुदै टिभी सिरियल निर्मात्री एकता कपुरले खोलिन् बिहे नगर्नुको यस्तो राज!

एजेन्सी । केही समय अघि आफ्ना अनुभव सुनाउने क्रममा बलिउडकी चर्चित टिभी सिरियल निर्मात्री एकता कपुरले खोलिन् बिहे नगर्नुको राज । जुन कुरा सुनाउँदा उनी आफै नै भएकी थिईन् भावुक । सबैलाई थाहा भएकै कुरा हो कि एकता कपुर बलिउडमै सबैभन्दा बोल्ड टिभी सिरियल निमार्ण गर्ने मध्यकी एक निमात्री हुन् । धेरै जसो उनीद्धारा निर्मित सिरियलमा महिला चरित्रलाई बलियो बनाउने गरिन्छ । अन्य समाचार हेर्न तल क्लिक गर्नुहाेस्***

भारतमा महिलाको भन्दा पुरुषको बर्चस्व रहने भएको हुनाले उनले सिरियल मार्फत महिला सशक्तिकरणको कुरालाई निकै नै प्रथामिकता दिंदै आईरहेकी छन् । उनले सिरियल मार्फत समाजमा महिला पुरुषबीचको विभेदको अन्त्य भएको देखाउने कोशिश गरिरहेकी छन् ।

उनै निर्मात्री एकता कपुरको भने जीवन कहानी कुनै सिरियल भन्दा पनि कम नभएको कुरा जब उनले आफ्नै मुखबाट सुनाईन् तब उनका कुरा सुन्ने सबैको आँखा रसायो । नाम र दाम दुवै कमाएको हुनाले एकतालाई इन्डस्ट्रिमा घमण्डी भनेर पनि चिनिन्छ । उनले यो कुरामा पनि आफ्ना मन छुने भनाईहरु शेयर गरेकी थिईन् । पछिल्लो केही वर्ष यता एकतालाई उनको सिंगल मदरको विषयलाई लिएर धेरै नै कन्ट्रोभर्सी बनाईएको थियो ।

‘मलार्ई घमण्डी, एकलकाटे, समलिं’गी जे जे भनेपनि चित्त कहिल्यै दुखेन तर मेरो सिंगल मदरको विषयलाई लिएर बनाईएको गसिपप्रति भने मेरो चित्त निकै नै दुखेको छ ।’ भन्दै जब एकताले आफ्नो मन दुखेको कुरा सुनाईन् तब सबैको आँखा रसाए । किनभने एकताले यो जुनिमा विहे नगरिकन आफु सिंगल मदर हुन चाहेको कुरालाई लिएर जब उनको छोरा रवीको बारेमा नाथाथरी कुरा गरियो त्यो कुराले उनको चित्त दुखेको कुरा सुनाईन् ।

उनले भनिन्,‘म सिंगल मदर बन्न चाहाने यो मेरो नितान्त व्यक्तिगत चाहानाको कुरा हो । र यस्मा मलाई मेरो परिवारको समर्थन मिलेको छ । मेरी आमाले मलाई बुझिदिनु भएको छ । मेरो ड्याडीले मलाई समर्थन गर्नु भएको र मेरो भाईले मलाई मायाले सम्हालेको छ भने अरुको किन टाउको दुखाई ? किन मलाई नानाभाँति भन्नु पर्यो र ? अनि मेरो यो सानो अबोध बच्चालाई पनि ? के भन्नेहरुलाई थाहा छ यो कुरा कि म अविबाहीत नै भएर पाएको मेरो बच्चालाई कति ना’जुक तरिकाले हुर्काएको छु भन्ने ?’

Leave a Reply

error: Please Dont Copy My Content!! !!