Sunday, October 25, 2020
Home > समाचार > केपी ओलीसँग फेरि रिसाए बामदेव! सांसदबाटै राजिनामा देलान् त?

केपी ओलीसँग फेरि रिसाए बामदेव! सांसदबाटै राजिनामा देलान् त?

काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री बन्ने नेकपा उपाध्यक्ष तथा नेता बामदेव गौतमको आशामा फेरि तुषारापात भएको छ । बामदेवको बिषयलाई अदालती प्रकृयामा अ ल्झा ए र भैंसेपाटीका छिमेकी पार्टी महासचिव बिष्णु पौडेललाई प्रधनमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्री बनाएपछि बामदेवको सपना यसरी सकिएको हो । केपी ओलीसँग बामदेवका लागि देखाउन रक्षामन्त्री पद त छ तर त्यो देखावटी मात्र भएको जस्तै देखिएकत्र छ ।

ओलीले बामदेवलाई यसरी नै अरु दुई बर्ष झु ला इ राख्ने सम्भावना देखिएको राजनैतिक बिश्लेषकहरु बताउँछन् । मन्त्री परिषद गठनमा भएको केपी ओलीको एक्लौटी चलखेल पछि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बल्ल निश्चिन्त भए कि उनी सरकारमा कुनै हालतमा लगिने छैनन् । त्यसै पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय चलाउने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल लगिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेलले ईश्वर पोखरेललाई फेसबुक मार्फत बधाई दिदै मन्त्रिपरषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गरेको उल्लेख गरेका छन् । सरकारमा ओलीको सम्पूर्ण काममा पछिल्लो समय ईश्वर पोखरेलको साथ रहेको देखिएको छ ।

अब वामदेव अदालतमा विचाराधीन मु द्दा जितेरै आएपनि सरकारमा जाने ठाउँ खाली छैन । उनले चाहेको अर्थमन्त्री छिमेकी विष्णु पौडेलले पाइसके । गृहमा रामबहादुर थापा बादललाई यथावत राखेर ओलीले अरुलाई उक्त मन्त्रालय नदिने सन्देश दिइसकेका छन् । भौतिकमा वसन्त नेम्वाङ छन् । यस्तो अवस्थामा वामदेव निश्चित रुपमा रोकिइसकेको प्रष्ट छ ।

पछिल्लो राजनैतिक चलखेल देखेपछि ह क्की स्वभावका बामदेवले राष्ट्रियसभाको मनोनित सांसद पदबाट नै राजीनामा दिन पनि बेर छैन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बल्ल निश्चिन्त भए कि उनी सरकारमा कुनै हालतमा लगिने छैनन् । त्यसै पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय चलाउने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल लगिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!