Monday, October 26, 2020
Home > अपराध > ‘बला’त्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने यी युवक समातिए

‘बला’त्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने यी युवक समातिए

काठमाडौँ । साइबर अपराध ब्यूरोले ‘बला’त्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय नवीन बस्नेत रहेका छन्। ब्यूरो प्रमुख नविन्द अर्यालले उनलाई काठमाडौं ल्याइँदै गरिएको बताएका छन् ।

प्युठान घर भएका नविनले ‘बला’त्कार संगठन’ नामको फेसबुक ग्रुप चलाएर बला’त्कारलाई प्रश्रय दिएको भन्दै उनलाई पक्राउ गरेको अर्यालले बताए । विद्युतीय कारोबार ऐन अन्तर्गत बस्नेतविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ । ***सम्बन्धित समाचारहरूका लागि तल क्लिक गर्नुहाेस्***

शिलान्यास भएको १ वर्षपछि नागढुङ्गा सुरुङमार्ग निर्माण कार्य सुरु

काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरूङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए ।

विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनले भने, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनले भने, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

करिब २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ । मुलुककै चासोको विषय रहेको सो सुरुङमार्ग निर्माणकार्य निर्धारित समयमा नै सकिने गरी कामलाई तीव्रता दिइएको बताउँदै थापाले हरेक दिन चारवटा विस्फोट गराइने बताए । कोरोना सङ्क्रमणबीच पनि दूरी कायम गर्दै अहिले दुई सय जना जनशक्ति खटिरहेको उनले बताए ।

अहिले राजमार्ग अवरोध नहुने गरी काम अगाडि बढाइएको छ । राजमार्गको ठीक पाँच मिटरमुनि सुरुङमार्ग निर्माण भइरहेको छ । निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले तर्काउने काम भइरहेको महाशाखाका प्रमुख थापाले बताए । उनले भने, “आठ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला तर्काउने काम भइरहेको छ, खोला भएको ठाउँमा सुरुङमार्गको नियन्त्रण कक्ष निर्माण गरिने छ ।”

सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने उपकरण नागढुङ्गास्थित आयोजना स्थलसम्म आइपुगेको थापाले बताए । उनका अनुसार जम्बो ड्रिलर, एक्साभेटर, कङ्क्रिट गर्ने प्रेसर मेसिन, ह्विल लोडर, टनेल लाइनिङ गर्ने मेसिन लगायतका करिब चार अर्ब रुपियाँ बराबरका उपकरणहरू जापानबाट नेपाल आइसकेको छ ।

यो सुरुङमार्ग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले आन्तरिक स्रोतबाट ६ अर्ब बेहोरेर निर्माण थालिएको हो । सरकारको नीति तथा कार्यक्रममा कुल लम्बाइ २.७ किलोमिटर रहेको यस सुरुङमार्गको आर्थिक वर्ष २०७७÷७८ मा एक किलोमिटर निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

(समाचार साभारः गोरखापत्र दैनिक, भउचप्रसाद यादव ।)

Leave a Reply

error: Please Dont Copy My Content!! !!