Sunday, October 25, 2020
Home > जीवनशैली > छोरा नभएको भन्दै गाउँलेले हेपेपछि छोरीहरूले बोकेर चितामा राखे, पतिको पार्थिव शरीरलाई पत्नीले दिइन् दागबत्ती

छोरा नभएको भन्दै गाउँलेले हेपेपछि छोरीहरूले बोकेर चितामा राखे, पतिको पार्थिव शरीरलाई पत्नीले दिइन् दागबत्ती

धनुषाको सबैला नगरपालिकामा एक महिलाले श्रीमानको मृत्युपछि चितामा दागबत्ती दिएकी छन् । त्यस्तै उनका पाँच छोरीले बाबुको निधन पछि काँधमा बोकेर शवलाई मसानघाटसम्म लगेका छन् ।

जेठी नेतुर देवी यादव, माहिली राजोदेवी यादव, साहिली प्रमिलादेवी यादव, काइली अनितादेवी यादव र कान्छी गोर्की यादवले बुवाको शवलाई घरबाट करिब ५ किलोमिटर टाढा रहेको मसानघाटसम्म काँधमा बोकेर लगेका हुन् ।

६५ वर्षीय रामनारायण यादवको निधन ६२ वर्षीया पत्नी रवियादेवी यादवले दागबत्ती दिएकी थिइन् ।छोरा नभएका कारण रामनारायणको शव छोरीहरुले बोकेर घाटसम्म लगेका हुन् भने दागबत्ती पत्नीले दिएकी हुन् । यादबका छोरी र पत्नीले गरेको यो कार्यले अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!