Thursday, October 29, 2020
Home > भिडियो > हैन के हुँदै छ देशमा ! सामाजिक सञ्जालमा भाइरल यो भिडियो हेरेर सुझाव दिनुहाेला (भिडियो सहित)

हैन के हुँदै छ देशमा ! सामाजिक सञ्जालमा भाइरल यो भिडियो हेरेर सुझाव दिनुहाेला (भिडियो सहित)

काठमाडौ । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । नेपालमै भएको यो घटनालाई सबैले अनौठो मानेका छन् । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामान्यतया सुरक्षाकर्मीले सडकमा सर्वसाधारणलाई चेकजाँच गर्छन । कुनै गलत गतिविधि हुन नदिने र सर्वसाधारणलाई सुरक्षा प्रदान गर्ने जिम्मेवारी प्रहरीलाई सरकारले दिएको छ ।

ट्राफिक प्रहरीले सडकमा सवारी साधन ब्यवस्थापन गर्ने काममा सकृय हुन्छन् । सवारी साधनका कारणले हुने दुर्घटना हुन नदिन सवारी साधन पनि चेकजाँच गर्छन । तर हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उल्टै आन्दोलनकारीले प्रहरीको चेकजाँच गरेका छन् ।

ड्युटीमा हिडेका र ड्युटीवाट फर्किएका प्रहरीलाई आन्दोलनकारीले ब्लुबुक र लाइसेन्स चेक गरेका छन् । स्कुटर र मोटरसाइकलमा हिडेका सुरक्षाकर्मीलाई रोकेर उनीहरुले प्रहरीसंग कागजपत्र मागेका छन् । हातमा लठ्ठी लिएका झुण्डले मोटरसाइकल रोकेर कागजपत्र मागे पछि निरिह बनेका सुरक्षाकर्मीले कागजपत्र निकालेर दिएको भिडियोमा देख्न सकिन्छ ।

ट्वीटरमा आएको यो भिडियो कुन ठाउँको हो भन्ने नखुलेपनि बुटवलको हुनसक्ने भनेर अनुमान लगाउन सकिन्छ । प्रदेशको स्थायी राजधानी दागं सारिएपछि वुटवलमा भएको प्रदर्शनमा त्यस्तो घटना भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । प्रहरीले सो भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न केहीलाई पक्राउ गरेको जनाएको छ । ट्ीटर प्रयोगकर्ता भिम वलीले के हुँदैछ नेपालमा ?आन्दोलनकारीद्वारा प्रहरीकै लाइसेन्स ब्लुबुक अनुगमन गर्दै भन्ने क्याप्सनमा यो भिडियो सार्वजनिक गरेका छन् ।

भिडियो हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!