काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि डा. प्रेमसिंह बस्न्यातले नेपालको आन्तरिक र बाह्य सुरक्षा चुनौतीबारे खुलासा गरेका छन् । गोरखापत्रमा ‘राष्ट्रिय सुरक्षामा राष्ट्रिय योजना’ शिर्षकमा आर्टिकल लेख्दै नेपालको सुरक्षा चुनौती प्रष्टाएका हुन् । उनले आन्तरिक जति चुनौती छ त्यत्ति नै बाह्य चुनौतीबारे आफ्नो आर्टिकलमा उल्लेख गरेका छन् । आन्तरिक चुनौतीमा मौलिक हक अन्तर्गत राखिएको विषय कार्यान्वयन गर्नुपर्ने देखाएका छन् भने उनले बाह्यमा नेपालमाथि हुन आपराधिक गतिविधि रहेका छन् ।
‘बाह्य चुनौती नगन्य मात्रामा र अधिकतम आन्तरिक चुनौतीले गर्दा नेपाल लर्बराइरहेको छ । गाँस, बास, कपास, रोजगारी, विकास, भ्रष्टाचार नियन्त्रण र कानुनी राज्यको माग नै आन्तरिक चुनौती हुन् भने सीमा अतिक्रमण, धार्मिक अतिक्रमण, लागु औषध, सुन तस्करी, मानव तस्करी, अन्य देशका आंतककारीको ‘ट्रान्जिट प्वाइन्ट’ आदि अन्तर्राष्ट्रिय चुनौती हुन्’, डा बस्न्यातले आफ्नो आर्टिकलमा उल्लेख गरेका छन् ।
संविधानसँगै देशले राष्ट्रिय स्वार्थको निक्र्यौल गरेपछि त्यस आधारमा राष्ट्रिय योजना आयोगले राष्ट्रिय सुरक्षामा रहेका आन्तरिक तथा बाह्य चुनौती सम्बोधन गर्न राष्ट्रिय सुरक्षा नीति बनाउनु पर्ने भन्दै उनले तत्काल नेपालमाथि बाह्य शक्तिबाट तुरुन्त आक्रमण हुने सम्भवना नरहेको दाबी गर्छन् । यद्यपी कुनै पनि बाह्य शक्तिको हमलालाई प्रतिकार गरेर सार्वभौमसत्ता जोगाउने अवस्थामा चुस्त रहनु पर्ने उनको भनाइ छ ।
बाह्य चुनौतीको सामना गर्न समेत योजना आयोगले नेतृत्वदायी काम गर्नुपर्ने बताएका उनले सुरक्षा अंगहरूले दिने सुरक्षा राष्ट्रिय सुरक्षा नीतिभित्रको एउटा सानो पाटो मात्र रहेको र यसका लागि साधारण जनतादेखि प्रधानमन्त्रीको समेत उत्तिकै भूमिका रहने बताए ।
मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्था गनुर्ए पर्ने बताएका डा बस्न्यातले मानिसका अत्यावश्यकीय आवश्यकता पूरा गर्न राज्य लाग्नु पर्ने तर्क गरेका छन् आफ्नो आर्टिकलमा । यसबारे राष्ट्रिय योजना आयोग जिम्मेवार र रचनात्मक ढंगले क्रियाशील हुनुपर्ने उनको बुझाइ छ ।