Friday, October 23, 2020
Home > बलिउड > अर्णव गोस्वामी विरुद्ध सलमान, साहरुख लगायत बलिउडकर्मीद्धारा मु’द्दा दायर

अर्णव गोस्वामी विरुद्ध सलमान, साहरुख लगायत बलिउडकर्मीद्धारा मु’द्दा दायर

काठमाडौ । टेलिभिजनको टिआरपी बढाउन भारतीय टेलिभिजन च्यानलहरुले अनैतिक काम गरेको खुलेपछि त्यस्ता च्यानल बिरुद्ध बलिउडकर्मी एकजुट भएका छन् । बलिउडका चर्चित चलचित्र कम्पनी तथा निर्माताहरुले टिआरपीका लागि कलाकारहरुको मान मर्दन गर्ने टेलिभिजन र च्यानलका प्रस्तोता विरुद्ध दिल्लीको उच्च न्यायलयमा मु द्दा दायर गरेका छन् ।

रिपब्लिक भारतका संचालक अर्णव गोस्वामी, प्रदिप भण्डारी, टाइम्स नाउका पत्रकार रवि शंकर र नविका कुमारको विरुद्ध दिल्लीको उच्च न्यायलयमा अपमानजनक टिप्पणी रोक्न माग गर्दै बलिउका चलचित्र निर्माण कम्पनी र कलाकारहरुले मु द्दा दायर गरेका हुन् ।

करण जोहर, साहरुख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्धाज, अजय देवगण, रोहित सेट्टी पिक्चर्स, यशराज फिल्मस्, विनोद चोपडा फिल्मस्, एक्सेल इन्टरटेन्मेन्टको साथमा सिने(टीवी आर्टिस्ट एसोसियसन, दि फिल्म एन्ड टीवी प्रोड्यूर्स काउन्सिल, स्क्रिन राइटर्स एसोसियसनले एकसाथ मिलेर दिल्लीको उच्च न्यायलयमा मु द्दा दायर गरेका हुन् ।

सुशान्त सिंह राजपुतको निधन पछि कलाकारहरुलाई नराम्रो टिप्पणी गर्ने क्रम थप बढेको छ । सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्तीको पक्ष र विपक्षमा रहेका कलाकारहरुका बारेमा अनर्गल प्रचार गर्न टेलिभिजन च्यानल लागेका छन् ।

उनीहरुले बलिउड उद्योग र यो क्षेत्रमा काम गरिरहेका मानिसहरुप्रति गैरजिम्मेवारीपूर्ण टिप्पणी गर्दै मिडिया ट्रायल भएको आरोप लगाएका छन् । लामो समयपछि बलिउडका ठूला कम्पनी, कलाकारहरु एक भएका हुन् । बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका ठूला निर्माण कम्पनी, स्टार कलाकारका विरुद्ध मिडियामा अपमानजनक तरिकाले रिपोर्टहरु प्रस्तुत भएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!