Sunday, July 11, 2021
Home > अन्तराष्ट्रिय > ५४० केजी गाँजा मुसाले खायो भनेपछि ८ प्रहरी अधिकारी बर्खास्त

५४० केजी गाँजा मुसाले खायो भनेपछि ८ प्रहरी अधिकारी बर्खास्त

बरामद गरी गोदाममा भण्डारण गरिएको ठूलो परिमाणको गाँजा मुसाले खाइदिएको दावी गरेपछि अर्जेन्टिनाका आठजना प्रहरी अधिकारी बर्खास्तीमा परेका छन्। प्रहरी गोदामबाट गायब भएको आधा टनभन्दा बढी गाँजा मुसाले खाएको बयान दिएपछि उनीहरूलाई खर्बास्त गरिएको गार्डियनले जनाएको छ।

अर्जेन्टिनाको राजधानीबाट ६० किलोमिटर पर रहेको सहर पिलारमा रहेको प्रहरी गोदाममा दुई वर्षअघि बरामद गरी भण्डारण गरिएको उक्त गाँजा गायब भएको अनुमगमनका क्रममा भेटिएको समाचारमा जनाइएको छ। दुई वर्षदेखि भण्डारण गरिएको छ हजार केजी गाँजामध्ये ५ हजार ४०० केजीमात्र भेटिएको छ।

प्रहरी अधिकारीहरूले उक्त गाँजा मुसाले खाएको बयान अदालतमा दिएको समाचारमा जनाइएको । तर फरेन्सिक विज्ञहरूको भनाई छ कि मुसाले खानेकुराका ठाउँमा गाँजा खान सक्दैन। यदि त्यति ठूलो परिमाणको गाँजा मुसाले खाएका हुन्थे भने त्यहाँ उनीहरू मरेको भेटिनुपर्ने उनीहरूको भनाई छ।

उक्त घटना लापरबाहीका कारण भएको हो वा योजनाबद्ध हो भनेर आउँदो मे ४ मा अन्य प्रहरी अधिकारीलाई पनि अदालतमा उपस्थित गराउन लागिएको समाचारमा जनाइएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!