Wednesday, October 21, 2020
Home > भिडियो > आमाको निधन भएको थाहा नपाएका यी अबोध बालकको यस्तो मन छुने भिडियो, एकपटक अवस्य हेर्नुहाेस्

आमाको निधन भएको थाहा नपाएका यी अबोध बालकको यस्तो मन छुने भिडियो, एकपटक अवस्य हेर्नुहाेस्

बीबीसी – भारतमा लकडाउनको ६२ औँ दिन। एक साना बालक पूर्वी भारतको बिहारमा रहेको मज्जफरपुर रेलवे प्लेटफर्ममा हलचल नगरी लडिरहेकी आफ्नी आमालाई बिउँझाउने प्रयास गरिरहेका छन्। लाउडस्पीकरमा आगमन र प्रस्थानबारे जानकारी बजिरहेको छ। आमाको मृ त्यु भएको थाहा नपाएका ती बालक मृत शरीरबाट ओढ्ने तान्छन् र आफ्नो टाउको छोप्छन्। घटनाको दुई दिनपछि यी दर्दनाक दृश्यहरू सामाजिक सञ्जालमा व्याप्त भए।

मृतक महिला अहमदाबादमा ज्यालादारी मजदुरी गर्ने २३ वर्षीया अरबिना खातुन भएको पहिचान गरिएको छ। उनी आफ्ना दुई साना सन्तान र केही आफन्तसँग श्रमिकका लागि व्यवस्था गरिएको विशेष रेलबाट १,८०० किलोमिटर लामो यात्रा गरी आफ्नो गाउँ जाँदै थिइन्। “उनले रेलमै ज्यान गुमाइन्, “ उनका देवर वाजिरले बीबीसी हिन्दीसँग भने। उनका अनुसार यात्रा सुरू गरेपछि उनीहरूले एकपटक मात्रै खाना खाएका थिएन र त्यसपछि बिस्कुटमात्रै खाएका थिए।

स्थानीय सञ्चारमाध्यमले कोरोनाभाइरसका कारण ज्यान गुमाएका अन्य ज्यालादारी श्रमिक जस्तै भोक र प्यासका कारण उनको ज्यान गएको जनाएका छन्। स्थानीय अधिकारीहरूले चाँहि पुरानो रोगले उनको ज्यान लिएको भनिरहेका छन्। लकडाउनपछि शरणार्थी अरबिना खातुन भारतमा लकडाउन मार्च २५ मा लकडाउन सुरू भएयता मे महिनाको २६ तारिखसम्म ज्यान गुमाएका ३०० भन्दा बढी श्रमिकमध्ये एक हुन्। रातारात रोजगार गुमाएपछि घर जान सङ्घर्ष गर्दागर्दै उनीहरूको मृत्यु भएको हो।भारतको सहरी क्षेत्रमा जीवन निर्वाहका लागि अनौपचारिक क्षेत्रमा काम गर्ने ज्यालादारीका मजदुरको सङ्ख्या निकै ठूलो छ।

भवन निर्माणदेखि खाना पकाउने, रेस्टुराँ, पानी र सरसफाइको काम गर्ने उनीहरू सहरको विशाल अर्थतन्त्रको मेरूदण्ड मानिन्छन्। गरीबीबाट उम्कने प्रयास गरिरहेका अनुमानित १० करोड ज्यालादारी मजदुर लकडाउन घोषणा भएसँगै घरसम्म लैजाने रेल वा बस नहुँदा रातारात शरणार्थी बन्न पुगे।यस्तोमा सस्ता झोलामा खाना, पानी र कपडा बोकेर कतिपयले आफ्ना बच्चा लिएर पैदल यात्रा थाले। उनीहरूले पैसा सकिएको र भौकै पर्ने भय पनि व्यक्त गरेका थिए तर गाउँमा पुगेपछि खाना पाइने र परिवारसँग रहन पाइने आशा गरेको उनीहरू बताउँछन्।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!