Sunday, December 5, 2021
Home > समाचार > OMG! भर्खरै त्रिभुवन विमानस्थलबाट अायो यस्तो दुःखद खबर

OMG! भर्खरै त्रिभुवन विमानस्थलबाट अायो यस्तो दुःखद खबर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् ।त सोमबार दिउँसो एक बजे करिब एक घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन।यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत जाँच गरिन्छ ।

इमी सफ्टवेयरमा डाटा इन्ट्री गर्ने काम बन्द भएको थियो। यात्रुको चाप र त्यही बेला सफ्टवेयरमा खराबी आएपछि एक्कासी रोकिएकाे छ । ध्यागमन अधिकारीले सामान्य जाँच र पासपोर्ट पढेर प्रस्थान अनुमति दिएका थिए।एक अध्यागमन अधिकृतका अनुसार सफ्टवेयर बारम्बार ह्याङ हुने समस्या नौलो होइन। उनका अनुसार हरेक साता कुनै न कुनै समय सफ्टवेयरले काम गर्न छाड्छ।

प्राविधिक समस्याका कारण यस्तो बेला नेपालबाट विदेश जाने यात्रुको जानकारी राख्न नसकिने ती अधिकृतले बताए।‘पाँच/छ वटा पासपोर्ट स्क्यान गर्ने बित्तिकै सफ्टवेयर ह्याङ भइहाल्छ’, उनले भने। सुरक्षाका हिसाबले संवेदनशील अध्यागमनमा देश छाडनेको विवरण अद्यावधिक नहुँदा सुरक्षा चुनौती बढन सक्छ। विमानस्थल सुरक्षामा खटिएका एक उच्च सुरक्षा अधिकारीका अनुसार सफ्टवेयरमा समस्या आएका बेला देशभित्रै कुनै अपराध गरेका वा शंकास्पद सूचीमा रहेकाहरू पनि खुसुक्क देश छाडने खतरा हुन्छ।

विमानस्थल अध्यागमनमा यात्रुको रेकर्ड राख्ने काममा समस्या उत्पन्न भएपनि सन् २०१४ अगस्टदेखि अध्यागमन विभागले इमी अर्थात इमिग्रेसन सफ्टवेयर प्रयोगमा ल्याइरहेको छ। तर प्रयोगमा आएको केही महिनादेखि नै सफ्टवेयरमा बारम्बार समस्या आउने गरेको विमानस्थलका अध्यागमनका अधिकृतहरू बताउँछन्।

विमानस्थल अध्यागमनका प्रमुख अधिकृत राजेश पौडेलसँग पनि सफ्टवेयरमा बारम्बार समस्या हुने गरेको अनुभव छ। पासपोर्टमा उल्लेखित डाटा खिच्ने, प्रस्थान र आगमनको समयसहितको रेकर्ड राख्ने सफ्टवेयरमै समस्या आएपछि अध्यागमनका डेस्क अधिकृतहरू समस्यामा पर्ने गरेका छन्।

प्रमुख अधिकृत पौडेलले भने,‘सफ्टवेयर बिग्रेका बेला के गर्ने? सेवा रोकौं क्षमतामा प्रश्न उठने, बिनाप्रविधिको सेवा दिँदा कर्मचारी आशंकाको घेरामा पर्ने सम्भावना हुने।’अधिकृत पौडेलले सफ्टवेयरको समस्याबारे अध्यागमन विभागमा बारम्बार कुरा राखे पनि समस्या समाधान नभएको सुनाए। उनले भने, ‘सफ्टवेयर बिग्रेका बेला अनधिकृत काम हुने खतरा सधैं रहने भयो तर के गर्ने उपाय छैन। news.tajadainik बाट !

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!