Friday, October 23, 2020
Home > समाचार > महानायक राजेश हमाल एकाएक यसरी मुछिए विवादमा!

महानायक राजेश हमाल एकाएक यसरी मुछिए विवादमा!

काठमाडौ । महानायक राजेश हमालले केही समय यता जातिय छुवाछुत विरुद्धको टेलिभिजन शो कार्यक्रम संचालन गर्दै आएका छन् । जातको प्रश्न टेलिभिजन कार्यक्रमको केही भाग प्रशारण भइसकेको छ । त्यो कार्यक्रममा जातिय छुवाछुत विरुद्धका विषय उठान गरिन्छ । तर अहिले सोही कार्यक्रमका कारण उनी विवादित भएका छन् । सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले उनको आलोचना गरेका छन् । समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

आलोचनाको गर्नुको पछाडी उनले पस्तुत गरेको विषयवस्तु नभएर सो कार्यक्रम उत्पादनका लागि लगानी गरेको डोनरका कारण हो । समता फाउण्डेशनले तयार पार्ने सो कार्यक्रमको मुख्य डोनर क्रिश्चियन एड भएको खुलेपछि महानायकको आलोचना भएको हो ।

क्रिश्चियनहरुको मुख्य उद्देश्य हिन्दु वाहुल्य र विपन्न मुलुकमा जातिय कुरा उठाएर हिन्दु धर्म प्रति वितिष्णा जगाउने भएकाले त्यस्तो उद्धेश्य लिएको संस्थाले दिएको पैसावाट कार्यक्रम चलाउन नहुने भन्दै आलोचना गरिएको हो । तर केहीले भने लगानी कसको हो भन्ने कुरा भन्दा पनि त्यसमा उठाइएका विषय बस्तुमा ध्यान दिनुपर्ने मत राखेका छन् ।

‘राजेश हमालले आफ्नो महानायकको ताजको गरिमा बचाउन चाहन्छन् भने यस्तो विवादास्पद कार्यक्रमबाट चाँडोभन्दा चाँडो पन्छिनु उत्तम हुन्छ’, पत्रकार चिरञ्जीवि पौडेलले फेसबुकमा लेखेका छन् ।

यसबारे उनले थप लेखेका छन्, ‘नेपालमा छुवाछुतको समस्या पहिलेजस्तो डरलाग्दो अहिले छैन । तर पनि जातीय विभेदका केही अवशेषहरु बाँकी छन् । शिक्षामा बढ्दो पहुँचसँगै यो समाधान हुँदै जान्छ । एउटा क्रिस्चियन संस्थाले डलर खन्याएर छुमन्तर हुने होइन । क्रिस्चयन एडको प्रष्ट रणनीति छ, अल्पविकसित एव अविकसित देशहरुमा पसेर जातीयताको नारा उराल्न सहयोग गर्ने र धार्मिकर जातीय अल्पसंख्यकहरुलाई हातमा लिएर आफ्नो मिसन पुरा गर्ने ।

राजेश हमाललाई मोहरा बनाएर सञ्चालनमा ल्याइएको ‘जातीय प्रश्न’ भन्ने टेलिभिजन कार्यक्रम यही मिसनको एउटा कडी हो । आवरणमा यो कार्यक्रमले जातीय छुवाछुतविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखेको छ । तर, अन्तर्यमा यसको अभिष्ट नेपालमा विभिन्न जातजातीबीच वि द्वै ष चुर्का उँदै हिन्दू धर्मप्रति अनास्था फैलाउने नै हो ।’

तर, चिरञ्जीविको मतभन्दा फरक विचार अर्का पत्रकार तथा चलचित्र निर्देशक र समीक्षक दीपेन्द्र लामाको देखिन्छ । आफूले ‘जातको प्रश्न’का सबै शृंखला हेरेको र कतै पनि क्रिस्चियन धर्मको प्रचार गरिएको नपाइएको उनको भनाइ छ ।

यसबारे लामाले फेसबुकमा लेखेका छन्, ‘मैले ’जातको प्रश्न’का सबै शृंखला हेरेँ, कतै पनि क्रिस्चियन धर्मको प्रचार गरिएको पाइएन । त्यसैले यसमा कसको लगानी थियो भनेर र डा को मच्चाउन जरुरी छैन ।’

‘कुरै गर्ने हो भने, नेपालीलाई लिटो बनाउन सिकाएर कुपोषणबाट जोगाउने पनि क्रिस्चियन कुइरेनी दिदी नै थिइन् । खोज्दै गयो भने साबुनले हात धुन सिकाउने, कुष्ठरोगीलाई माया गर्न सिकाउने, पोलियो थोपा खान सिकाउनेहरु क्रिस्चियन नै थिए होलान् ।

त्यसैले क्रिस्चियन शब्द देख्ने बित्तिकै थरर्र काँ पे र पक्लक्क बे हो स हुनु भएन । धेरैलाई लगानीकर्तासँग होइन दलितका विषयमा उठान गरिएका सवालदेखि असन्तुष्टि लागेजस्तो देखियो । म त भन्छु, यस्ता कार्यक्रम अझै धेरै बन्नुपर्छ । क्रिस्चियन होइन अ ल का य दाले लगानी गरे पनि मन्जुर’, लामाले फेसबुकमा लेखेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!