Thursday, October 29, 2020
Home > समाचार > मन्त्रीकै श्रीमतिको फेसबुक एकाउण्ट बनाएर च्याट गर्दै यसरी ठगी गर्छन् यी पत्रकार!

मन्त्रीकै श्रीमतिको फेसबुक एकाउण्ट बनाएर च्याट गर्दै यसरी ठगी गर्छन् यी पत्रकार!

काठमाण्डौं । जुम्ला स्थायी घर भएका पसल रोकायका चिनारी धेरै छन् । उनी कसैलाई पत्रकार, कसैलाई राजनितिज्ञ, कसैलाई ठेकेदार त कतै समाजसेवीको परिचय दिन्छन् । तर उनको बास्तविक धन्धा भने फरक छ । उनको धन्धा भनेको बिभिन्न बहानामा मानिसहरुलाई ठग्नु हो । रोकायले सरकारी कर्मचारीदेखी मन्त्रीका श्रीमतीलाई समेत ठगी गरेको खुलेको छ । हाल प्रहरीले पक्राउ गरेका रोकायको केही समय अघि चर्चित एक काण्डमा समेत नाम जोडिएको छ ।

उनले नर्सिङ पढ्ने युवतीलाई परीक्षा पास गराइदिने भन्दै रकम लिएको आरोप छ । यस सम्बन्धमा उनीविरुद्ध सुर्खेतमा ठगी अभियोगमा उजुरी समेत दर्ता भइसकेको छ । पसलले आफ्नो बैंक खातामा २ करोड रुपैयाँ समेत भएको दावी गरेका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती तथा नेपाल नर्सिङ काउन्सिलको रजिस्ट्रार विन्दा घिमिरेले पैसा मागेर च्याट गरेको कुरा त्यसताका बाहिरीएको थियो । बिद्यार्थीलाई दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा पास गराइदिने भन्दै काउन्सिल सदस्य जीता बरालले तीन लाख रुपैयाँ मागेको फेसबुक कुराकानी समेत सार्वजनिक भएको थियो ।

पछिल्लो घटना क्रमले यी सबै कर्तुत रोकायले गरेको अनुमान गर्न सकिने प्रशस्त आधार रहेको प्रहरीले बताएको छ । ती घटनामा पसलले नै नक्कली फेसबुक आइडी बनाएर गरेको देखिएको छ । ‘यो घटनामा पनि उसैको नाम जोडिएको छ । थप अनुसन्धान भइरहेको छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

पत्रकारको भेषमा उनले कर्णाली आवाजडटकम र कर्णाली एचडी युट्युव च्यानल मार्फत् पनि पैसाको लेनदेन र ठगी गरेको प्रहरीको दावी गरेको छ। उनले च रि त्र ह त्या गर्ने फेसबुकमा नक्कली आइडी खोलेर दुई जनाको नक्कली च्याट समेत गरेको तथा कसैको अ श्लि ल फोटो समेत हा ल्ने ध म्की दिने गरेको खुलेको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!