Tuesday, October 27, 2020
Home > Uncategorized > काठमाडौंमा मात्रै २५ प्रतिशतको रिपोर्ट कोरोना पोजेटिभ

काठमाडौंमा मात्रै २५ प्रतिशतको रिपोर्ट कोरोना पोजेटिभ

काठमाडौं । हाल देशभर ५७ वटा प्रयोगशालाबाट आरटि पिसिआर परीक्षण भइरहेको छ । ४० वटा सरकारी र १७ वटा निजी प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये ९८ हजार ६१७ जनालाई कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अद्यावधिक गरेको आँकडाअनुसार हिजो देशभर १८ हजार ४७३ मध्ये पीसीआर परीक्षण गरेकामध्ये १६ हजार ६५९ जनाको नतिजा आएको छ । नतिजा आएकामध्ये ४ हजार ३६४ जनालाई कोरोना पोजेटिभ देखियो । बिहीबार पीसीआर गरिएकामध्ये २६ प्रतिशतलाई कोरोना पुष्टि भयो ।

एकैदिन यतिधेरै संख्यामा संक्रमित थपिएको नेपालमा महामारी सुरु भएयताकै पहिलो पटक हो । सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा छन् । बागमती प्रदेशमा ११६९३ हजार २५२ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ९३३ जनालाई कोरोना पुष्टि भयो ।

बागमती प्रदेशमा पनि काठमाडौं उपत्यकाका मात्रै २ हजार ५४० अर्थात उपत्यकामा पीसीआर परीक्षण गरिएकामध्ये २५ प्रतिशतको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । काठमाडौं उपत्यकामा १० हजार ८६९ जनाको पीसीआर परीक्षण भएको थियो ।

यस्तै पीसीआर परीक्षण गरिएकामध्ये बिहीबार प्रदेश १ मा ४९.२३ प्रतिशत, प्रदेश २ मा २३ प्रतिशत,गण्डकी प्रदेशमा १६.८ प्रतिशत, प्रदेश ५ मा २४ प्रतिशत, कर्णाली प्रदेशमा २२.५ प्रतिशत र सुदूरपश्चिममा १६.७९ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!