Tuesday, October 27, 2020
Home > जीवनशैली > मह जोडीमा कोरोनाकाे कहर: ओहो दाइ, खबर सुनेर मेरो त मनै हलुका भयो

मह जोडीमा कोरोनाकाे कहर: ओहो दाइ, खबर सुनेर मेरो त मनै हलुका भयो

हरिबंशले फोन गरेर “ दाइ, रमिला र मेरो PCR टेष्ट गराएको, रिपोर्टमा त दुबैजनालाई कोरोना पोजिटिभ पो देखायो त” भन्दा म एकछिन त झसंग भएँ किनभने दुइ दिन बिहान देखि बेलुका सम्म एउटा शुटिङ्गमा व्यस्त भएका थियौ। फेरी एउटै गाडी चढेका थियौं । त्यस माथि आफु पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरी औसधी खाइराखेको मान्छे।

हुन त मलाई केहि हुदैन भन्ने कुरामा ढुक्कै थिएँ तैपनि पनि क्या हो क्या हो , के भन्न सकिन्छ र।

“ह” लाई समाते पछि “म” लाई मात्र के बाकी राख्ला र , समात्यो होला बजियाले भन्या जस्तो गरि मेरो पालो चुपचाप घरैमा isolated भएर बसें।

आज बिहानै hospital बाट Dr Niraj Baidhya ले PCR टेस्ट गर्न एकजना मान्छे पठाइदिनु भएको थियो । अहिले भर्खर Dr. Reena Baidhya ले फोन गरेर “तपाइको report negative आको छ है अङ्कल” भनेर खबर गरिन्।

Dr. Reena Baidhya लाई मैले धन्यबाद दिएं र तुरुन्तै हरीलाई फोन गरेर मेरो negative आएको कुरा सुनाएँ । मेरो कुरा सुनेर हरीले भन्यो – “ ओहो दाइ , खबर सुनेर मेरो त मनै हलुका भयो , मलाई आफ्नो भन्दा तपाइको बढी चिन्ता लागिरहेको थियो……”

Via. Madan Krishna Shrestha

Leave a Reply

error: Please Dont Copy My Content!! !!