Saturday, December 3, 2022
Home > समाचार > हे भगवान !! दशैको मुखमा फेरी आज पनि अर्को दुर्घटना – पूरा हेर्नुहोस

हे भगवान !! दशैको मुखमा फेरी आज पनि अर्को दुर्घटना – पूरा हेर्नुहोस

सिन्धुली : विपी राजमार्गको सुनकाेसीमा शनिबार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । एक यात्रुको अवस्था गम्भीर छ ।

काठमाडौंबाट उदयपुरतर्फ आउँदै गरेको बा २ ख ५९३४ नम्बरको यात्रुबाहक बस विपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको हो । ३० जना घाइतेमध्ये त्रियुगा नगरपालिकाका २२ वर्षीय मिनेश्वर चौधरीको अवस्था गम्भीर रहेको छ । उनलाई प्रहरी र स्थानीयले उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको छ।

सिन्धुली प्रहरीका प्रवक्ता लोक दर्शन थापाले बताए अनुसार अन्य घाइतेहरुको भरोसा अस्पताल रातमाटामा उपचार भइरहेको छ । गुडिरहेको अवस्थामा बस सडकमै पल्टिएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । शुक्रबार पनि सुनकोसी गाउँपालिकाको रिठ्ठेभीरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । भोलिपल्टै अर्को बस दुर्घटना भएको हो ।

Leave a Reply