Wednesday, October 21, 2020
Home > समाचार > विदेशबाट छुट्टीमा नेपाल आएका प्रतापको रहस्यमय मृत्यु

विदेशबाट छुट्टीमा नेपाल आएका प्रतापको रहस्यमय मृत्यु

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिञ्जालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनास्थलको निरीक्षण, उनीसँगै गएका र घटनास्थलमा भएकासँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान शुरु गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । “अस्पतालको रिपोर्टका आधार शरीरमा कसरी चो ट लाग्यो भने अनुसन्धान अघि बढाउन भिसेरा परीक्षण गर्न पठाएका छौँ”, उहाँले भन्नुभयो, “दुर्घटना भएर ल डेर अथवा कु टपि’ट के कारणले शरीरमा चो ट लाग्यो भन्ने विषयमा घटनास्थलमा भएकाहरुसँग सोधपुछ गरिएको छ ।”

बिहीबारसहित तेस्रोपटक प्रहरी टोली घटनास्थल रुप्से पुगेको छ । प्रहरी नायब उपरीक्षक कुँवर आफैँ घटनास्थल पुग्नुभएको छ । अस्पतालका अनुसार सिंजालीको दायाँ र बायाँका दुई/दुईवटा करङ भाँ चिएको, शरीरमा नि’लडा’म भएको, फोक्सोमा पानी जमेको र टाउकोमा ग’हिरो चो ट लागेको थियो ।

बे’होस अवस्थामा उनलाई असोज ७ गते बेगखोला स्वास्थ्यचौकी, बेनी अस्पताल हुँदै पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । प्रतापसँगै भएका तीन जना, रुइसेमा भ’नाभ’न भएका मल्लाजका युवा र रुइसेका रेष्टुरेष्ट सञ्चालकदेखि त्यस दिन त्यहाँ भएका सबै अनुसन्धानमा तानिएका छन् ।

प्रताप लकडाउन हुनुभन्दा केही समयअघि विदेशबाट छुट्टीमा गाउँमा आएका थिए । घरमा उनका बुवाआमा, भाइ र बहिनी छन् । सामान्य आर्थिक हैसियत भएका सिंजाली परिवार प्रतापको आम्दानीमा निर्भर थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!