Friday, October 23, 2020
Home > समाचार > जुत्तामा सुन लुकाएर कार हाँकेपछि…

जुत्तामा सुन लुकाएर कार हाँकेपछि…

काठमाडौं। प्रहरीले एक किलो अबैध सुनसहित दाङबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। दाङको लमही नगरपालिका ९ अमलियास्थित पूर्वपश्चिम राजमार्गमा चेक जाँच गर्ने क्रममा सुनसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घोराही नगरपालिका १५ का सुवास श्रेष्ठले चलाई राखेको प्रदेश ३–०१०२३ च ३२६१ नम्वरको सेतो क्रेटा कारलाई प्रहरीले चेकजाँच गर्ने क्रममा कारमा एक किलो सुन फेला परेकाे थियो ।

कारमा सवार सोही नपाका सम्मान श्रेष्ठले लगाएको दायाँ खुट्टाको जुत्ताको तलामा लकाएर राखेको अवस्थामा एक किलो सुन फेला परेको हो। उनको साथबाट एक किलो ग्राम सुन र सुन जस्तोदेखि एक थान सिक्री गरि एक किलो २ तोला ३.०६ आना अवैध सुन बरामद गरेको छ। श्रेष्ठकै साथबाट पहेँलो धातु र नगद ६० हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सोही गाडीमा अर्का सवार थैव श्रेष्ठको साथबाट चाँदी जस्तो देखिने १ हजार १ सय रुपैयाँ बराबरको १ थान सिक्री र चालक सुवास श्रेष्ठको साथबाट १२ हजार २ सय ५० रुपैयाँ बरामद गरेका छ।

प्रदेशमा बाजी मारेर केन्द्रमा ‘कमब्याक’ गर्दै शंकर पोखरेल

काठमाडौं, मंगलबारदेखि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुनः चर्चामा छन्। तीन वर्षदेखि केन्द्रीय राजनीतिबाट ओझेल परेका पोखरेल आफ्नो प्रदेशको राजधानी र नाम तोक्ने विषयमा अनपेक्षित परिणाम देखाएर सबैको ध्यान तान्न सफल भएका हुन्। २०६५ सालको पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेका पोखरेलले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजय भोगे।

२०७४ को आम निर्वाचनमा उनले प्रतिनिधि सभाका लागि टिकट समेत पाएनन्। तत्कालीन नेकपा–एमाले र माओवादीबीच गठबन्धन बनेपछि सहज बनेको चुनावमा आफ्नो निर्वाचन क्षेत्रमा टिकट पाउन समेत मुस्किल होला भनेर उनले सायद सोचेका थिएनन् होला। तर पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनकै निर्वाचन क्षेत्रमा तत्कालीन माओवादी नेता कृष्णबहादुर महरालाई प्राथमिकता दिए।

पोखरेललाई मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेश सांसद बन भनियो। प्रदेशको सांसद बन्ने प्रस्तावमा जिल्ला तहका नेताले समेत नाक खुम्च्याउने स्थिति थियो। पार्टीको केन्द्रीय सचिव र सूचना तथा सञ्चारमन्त्री भइसकेका पोखरेल प्रदेश तहको एउटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने स्थिति धेरैका लागि अनपेक्षित थियो।

ओलीको विश्वासपात्र भएर पनि प्रदेशमा फर्कनु परेपछि उनलाई अब पुनः केन्द्रीय राजनीतिमा निर्णायक नेताको रुपमा ‘कमब्याक गर्न’ गार्‍हो पर्ने धेरैको अनुमान थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!