Wednesday, October 21, 2020
Home > समाचार > बाइक सडकमा, परिचय पत्र भि’रमा, मान्छे अझै स’म्पर्क विहीन

बाइक सडकमा, परिचय पत्र भि’रमा, मान्छे अझै स’म्पर्क विहीन

चितवन – चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा बेवारिसे अवस्थामा मोटरसाइकल, भिरमा चप्पलसँगै परिचयपत्र फेला परेका सर्लाहीका उत्तम प्रसाईँको मोबाइल नारायणी नदी किनारमा फे’ला परेको छ । मोबाइलसँगै बैंकको चेक र मोटरसाइकलको कागजपत्र भेटिए पनि प्रसाईँको भने अझैसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गएको सोमबार सडक खण्डमा पर्ने ३ नम्बर पुल नजिकै सडकमा बे’वारिसे अवस्थामा मोटरसाइकल भेटिएसँगै खो’जी गर्ने क्रममा सडकभन्दा २० मिटर तल भिरमा उहाँको परिचयपत्र भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले खोजी गर्ने क्रममा वे’बारिसे अवस्थामा मोटरसाइकल छोडिएको ठाउँबाट तल नारायणी नदी किनारमा प्रसाईँले प्रयोग गर्ने मोबाइल भेटिएको उहाँले बताउनुभयो ।

प्रसाईँको खोजी कार्य तीव्र पारिएको बताउँदै प्रवक्ता थापाले सडक खण्डको क्षेत्र, नदी किनार र आसपासका बजार क्षेत्रका होटलमा समेत खोजी भइरहेको जानकारी दिनुभयो । सर्लाहीको हरिपुर नगरपालिका १ हजार बिघाहा बस्ने प्रसाईँको नाममा सूचना विभागले जारी गरेको प्रेस प्रतिनिधि परिचयपत्र फेला परेको छ । आफ्नी बहिनीसँगै काठमाण्डौमा बस्दै आउनु भएका प्रसाईँ लकडाउनको समयमा सर्लाही जानुभएको थियो ।

गएको असारमा सर्लाहीबाट काठमाण्डौ गएर एक्लै बस्दै आउनुभएका प्रसाईँ पछिल्लो समय कपडा डिजाइनको काममा आबद्ध भएको पाइएको प्रहरीले बताएको छ । हराइरहेका प्रसाईँका आफन्त खोजीका लागि चितवन आएका छन् । चितवनको इच्छाकामना गाउँ पालिका ५ मा पर्ने त्यो ठाउँमा र राजमार्गमा रहेका सीसी टिभीको आधारमा पनि प्रसाईँको खोजी भइरहेको प्रहरीले बताएको छ । सडक खण्डमा पर्ने ३ नम्बर पुल नजिकै सडकमा बेवा’रिसे अवस्थामा मोटरसाइकल भेटिएको थियो ।

सोमबार बिहान ९ः३० बजेको समयमा सडकको छेउमा राेकी राखिएको बा ७५ प ५१२९ नम्बरको डिस्कभर मोटरसाइकल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। सडकखण्डमा भेटिएको मोटरसाइकल भएको ठाउँबाट २० मिटर तल भिरमा कालो रङ्गको चप्पल र उत्तम प्रसाईँको नाममा सर्लाही युग व्यथा साप्ताहिक लेखिएको परिचय पत्र फे’ला परेको हो । यो खबर उज्यालो अनलाईनमा राधेश्याम खतिवडाले लेख्नु भएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!